logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    प्यूठान क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका ओली विजयी

    प्यूठान क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका ओली विजयी

    रविन विश्वकर्मा,प्युठान । प्युठान क्याम्पस  खलंगा प्यूठानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा प्रमोद ओली विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा नेविसंघ र अखिल छैठौंको साझा प्यानलबाट उम्मेदवार बनेका नेविसंघका ओली विजयी हुनुभएको हो । अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पछि पार्दै वली विजयी हुनुभएको हो । ओलीले लीले ४६ र भुसालले ३४ मत प्राप्त गर्नुभएको थियो । (स्ववियु) निर्वाचनमा साझा प्यानलनै बिजयी भएको छ ।

    सचिवमा गठबन्धनका अखिल (छैठौं) की सावित्रा नेपालीले ४२ मत ल्याएर विजयी हनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवार सुशिला पुनले ३४ मत प्राप्त गर्नु भएको छ । कोषाध्यक्ष पदमा नेविसंघका खिमा कुमारी घर्ति मगरले ३९ मत ल्याई विजयी हनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी उम्मेदवार सिता सुनारले ३४ मत ल्याउनु भएको छ ।

    त्यतै सदस्य पदमा गठबन्धनका अनुष्का शाहीले ४४, आरती थापा मगरले ४२ मत र जुना कसाइले ४४ मत प्राप्त गरी विजयी हुँदा अनेरास्ववियुका अनिता थापाले ३६ मत, मन्दिरा थापाले ३८ र सिक्षा केसीले ३६ मत प्राप्त गर्नुभएको छ । जम्मा १०५ मतदाता रहेको कयाम्पसमा ८० मत खसेको थियो ।



    mandavionline mandavionline    
  • ५ चैत्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP