logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    युवा सशक्तिकरणका लागि खेलकुद प्रशिक्षण तथा नेतृत्व विकास तालिम

    युवा सशक्तिकरणका लागि खेलकुद प्रशिक्षण तथा नेतृत्व विकास तालिम

    रविन विश्वकर्मा,प्युठान । प्युठान नगरपालिका र भिमरुक गाउँपालिका युवाहरुलाई खेलकुद प्रशिक्षण तथा नेतृत्व विकास सम्बन्धि तालिम दिएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आयोजनामा युवाहरुको सशक्तिकरणका लागि ५ दिने तालिम दिइएको हो । स्वर्गद्धारी गौमुखि यातायात सेवा प्रालिको सहभाहल जुम्रीमा मंसिर १० गतेबाट सुररु भएको तालिम आज सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले तालिमले जिल्लाको खेलकुद क्षेत्र तथा युवाहरुको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । पछिल्लो समय युवा जनशक्तिहरु बिदेशिने क्रम बढ्दै गएकाले संघ,प्रदेश र स्थानिय सरकारले युवाहरुको नेतृत्व विकासमा जोड दिदै स्वदेशमै टिकाउने खालका निति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

    प्रदेश सभा सदस्य श्रेष्ठले पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएकाले सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने बताउनुभयो । खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउदै यसमा सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । खेलकुद मार्फत राष्ट्रलाई सजिलै चिनाउन सकिने भएकाले खेलाडीहरुको आत्मबल बढाउदै तीनै तहका सरकारले खेल र खेलाडीको क्षमता अभिवृद्विमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

    युवाहरुको नेतृत्व क्षमताको विकास गदै आफ्ना गाउँ ठाउँबाट खेलकुद तथा बिभिन्न विकासका योजनाहरुलाई सम्बन्धित निकाय सम्म पु¥याइ कार्यान्वयन पक्षलाई बलियो बनाउनुका साथै खेलकुद क्षेत्रको विकास र खेलाडि उत्पादनमा जोड दिने उदेश्यका साथ तालिम सञ्चालन गरेको सामाजिक विकास डिभिजन कार्यालय प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले बताउनुभयो । प्युठान तथा रोल्पाका खेलकुद प्रशिक्षकहरुले तालिमको प्रशिक्षण दिएको उहाँले बताउनुभयो । खेलकुदमा सहयोग पु¥याउन भलिबल, नेट,जाली लगायतका खेलकुद सामाग्री उपलब्ध गराएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिनुभयो । बिभिन्न संघ संस्था तथा कार्यालयहरुसंग सहकार्य गदै युवाको नेतृत्व तथा जिल्लाको खेलकुद क्षेत्रको विकासका निम्त्ति बिभिन्न तालिम तथा खेलकुद आयोजना गदै आएको बताउनुभयो। तालिममा प्युठान नगरपालिका २० र भिमरुक गाउँपालिका १६ जना गरी ३६ जना युवाहरुको सहभागिता रहेको थियो ।



    mandavionline mandavionline    
  • १४ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP