प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण गरिएको सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासका अनुसार सबस्टेसनको काम सम्पन्न भएपछि सञ्चालनमा आएको हो । जुम्रिबाट ३३ केभी लाइन मार्फत दम्तीमा बिद्युत प्रवाह गरेर त्यहाँबाट ११ केभी मार्फत ३ वटा फिडरमा जिल्लाभर बिद्युत आपुर्ती भएको छ । उनका अनुसार सवपावर स्टेशन सञ्चालनमा आएसंगै प्यूठानमा बिद्युत आपुर्तीमा हुने समस्या समाधान हुने छ । उनले भने,‘भोल्टेजको पनि समस्या थियो, यसको पनि समाधान हुने छ ।’
१४ गते प्रतिनिधी शभा सदश्य सुर्य थापाले सवपावर स्टेशनको उद्घाटन गरेका हुन् । बिद्युत प्राधिकरण र त्रिपुरेश्वर जय दुर्गे जेभीका बीचमा २०७४ जेठ १७ गते ५ करोड ३६ लाख ६० हजार ६८२ रुपैयाँमा सबस्टेसन निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । प्यूठानमा हाल ६४ वटा वडामध्ये नौबहिनी गाउँपालिकाको स्याउलीवाङ बाहेक सबै ६३ वडामा केन्द्रिय प्रशारणको बिद्युत पुगिसकेको प्राधिकरणले जनाएको छ । अहिलेपनि एक हजार नागरीक केन्द्रिय प्रशारणको बिद्युतका् पहुँच बाहिर छन् । प्राधिकरण प्यूठान प्रमुख दासका अनुसार गौमुखी गाउँपालिकाको वडा नं. ३ को केहि गाउँमा पनि बिद्युत पुग्न बाकी छ ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुबेदीको सकृयतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकले तिहार अघिनै सव स्टेशन सञ्चालनमा ल्याउन बिद्युत प्राधिकरण प्यूठान बितरण केन्द्रलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया