रविन विश्वकर्मा, प्युठान । प्युठानकाे झिमरुक गाउँपालिकामा फाेर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बुटवलबाट अर्खा जाँदै गरेकाे लु २ ख ६३२२ फाेर्स गाडी झिमरूक -६ जिमुरखाेलामा शुक्रबार दिउँसो दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार दुर्घटनामा परि गौमुखी गाउँपालिका ५ की ३२ बर्षिया सुनिता के.सी, छोरा ५ बर्षका सरोज के.सी, गौमुखी ३ का ४२ बर्षिया खिमा मल्ल, गाैमुखि ७ का ३७ बर्षिय सन्तलाल गुरुङ, गाैमुखि २ का ५५ बर्षिय रेमलाल थापा, सोही ठाउँका ५० बर्षिया मोती पुन घाइते भएका छन् । त्यस्तै झिमरुक गाउँपालिका ८ गोव्दीकी २५ बर्षिया सावित्रा बस्नेत, ५ नं वडाका ६० बर्षिय कुम्भ बहादुर जि.सी, सोही वडाका ५७ बर्षिया धन कुमारी जि.सी र गुल्मीको मदाने गाउँपालिका १ बस्ने सालिग्राम कुवर घाइते भएका छन् । ३ जना घाईतेकाे परिचय खुल्न सकेकाे छैन् । घाईते सबैकाे उद्वार गरी उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।
गाडिमा चालक सहित १४ जना सवार रहेका थिए । दुर्घटना पछि गाडि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनाकाे थप विवरण अाउन बाँकि छ ।
प्रतिक्रिया