रविन विश्वकर्मा,प्युठान ।
प्युठानमा भोलि विद्युत आपूर्ति सेवा अवरुद्ध हुने भएको छ । विहान १० बजे देखि साँझ ४ बजे सम्म विद्युत आपूर्ति अवरुद्ध रहने नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्रले जनाएको छ । भोलि माघ २६ गते प्यूठान वितरण केन्द्र अन्तर्गतका नौबहिनी, झिम्रुक , गौमुखी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका र प्यूठान नगरपालिकाका विभिन्न स्थानहरूमा नियमित मर्मत एवम् बुस कटिङ लगायतका वितरण प्रणाली सुदृढीकरणका विभिन्न कार्यहरू सञ्चालन गनुपर्ने भएकाले विहान १० बजे देखि साँझ ४ बजे ६ घण्टा लाइन नआउने नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिनुभयो । काम सकाए पछि ४ बजे पछि मात्रै विद्युत आपूर्ति सेवा संञ्चालन हुने बताउनुभयो । साथै कुनै स्थानमा रुख वा रुखका हाँगाले विद्युतिय संरचनामा छोएको देखिएमा तुरुन्त जानकारी गराउन प्यूठान वितरण केन्द्रले आग्रह समेत गरेको छ ।
यसैबिच माघ २८ गते देखि फाुगुन ३ गते सम्म जिल्लामा आंशिक रूपमा विद्युत सेवा बन्द हुने झिमरूक जलविद्युत केन्द्र दारीमचौर प्युठानले जनाएको छ । केन्द्रले आज एक सुचना जारी गदै माघ २८ गते देखि ३० गते सम्म र फागुन २ र ३ गते समय समयमा आंशिक रूपमा विद्युत सेवा बन्द हुन सक्ने जनाएको छ । झिमरूक जलविद्युत केन्द्रको पावर हाउस देखी ड्याम खैरा, हुदै बरौला दाङवाङ्ग सम्म प्रशारण गरीएको ३३ के.भि विद्युत प्रसारण लाईन र पावर हाउस देखी दारीमचौर हुदै तिराम, हंसपुर, बड्डाडा वाड्रेशाल सम्मसम्म ३३ के.भि विद्युत प्रसारण लाईन अन्तर्गत पर्ने रूखका हाँगाविगा कटान छटान गर्दा जोखीम स्थानहरूमा लाईन विच्छेदन गरी काम गर्नु पर्ने हुदा बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म विद्युत सेवा बन्द हुन सक्ने जनाएको हो ।
प्रतिक्रिया