शम्सेर बिक्रम जि.सी प्यूठान
अबैध सम्वन्ध लुकाउन हत्या गर्ने दुइजनालाइ प्रहरीले सार्वजनिक गरेको छ । गौमुखी गाउँपालिका ५ खुङका चिन्तामणि उपाध्यायको हत्यामा संलग्न भएका गौमुखी गाउँपालिका ५ खालका ५१ बर्षका लोक बहादुर गिरी र गौमुखी गाउँपालिका ५ गोलढुंगाकी ५० बर्षिय जेदु कुमारी न्यौपानेलाइ प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानले पत्रकार सम्मेलन मार्फत गौमुखी गाउँपालिका ५ खुङ गोलढुङगाका चिन्तामणि उपाध्यायको हत्यामा संलग्न दुबै जनालाइ सार्वजनिक गरेको छ ।
गत १८ गते गौमुखी गाउँपालिका ५ खुङ गोलढुंगाका चिन्तामणि उपाध्यायको शब गाउँकै फुर्सेधारा स्थित खुंग नारीकोट सडकखण्डमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशब केसीका अनुसार टाउको, अनुहार, नाक, मुख समेतमा गहिरो चोट लागी रगताम्बे भइ मृत अवस्थामा उपाध्यायको शब फुर्सेधारा स्थित खुंग नारीकोट सडकखण्डमा स्थानियले देखेका थिए ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक दिपेश बस्याल सहितको टोलिले गरेको अनुसन्धानका क्रममा अबैध सम्वन्ध लुकाउन उपाध्यायको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक केसीका अनुसार लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेका बिचमा लामो समयदेखी अबैध शारिरिक सम्वन्ध रहदै आएको र उक्त करा मृतक उपाध्यायलाइ जानकारी भएको पाइएको बताए । ‘दुबै जनाको अबैध सम्वन्धका बिषयमा स्थानिय धेरै जानकार हुनुहुदो रहेछ,’ जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी समेत रहेका केसीले भने,‘ करिव एक बर्ष अघि दुबैजनालाइ मृत उपाध्यायले कोठामा शारिरिक सम्पर्क गरी सुतेको अवस्थामा ढोकाको चुक्कल लगाएर थुनेका रहेछन् ।’ उनका अनुसार करिव एक बर्ष अघि गिरी र न्यौपाने दुबै जना न्यौपानेको घरको कोठामा अबैध शारिरिक सम्वन्ध राखी सुतिरहेको अवस्थामा मृतक उपाध्यायले बाहिरबाट कोठाको ढोका लगाइ चुक्कल लगाएर भित्र थुनेको र उक्त बिषय स्थानियले समेत जानकारी पाएको र सोही रिसिभिका कारण दुबै जनाले एक दिन नमारी छाडदैन भन्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।
मृतक चिन्तामणि उपाध्याय र जेदु कुमारी न्यौपानेका बिचमा पनि लामो समयदेखी नियमित फोन सम्पर्क हुने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । मृतक चिन्तामणि उपाध्याय र जेदु कुमारी न्यौपाने ससुरा बुहारी हुन भने उपाध्यायको हत्यामा संलग्न जेदु कुमारी न्यौपाने र लोक बहादुर गिरी पनि दिदिसासु र ज्वाइ नाता पर्ने पाइएको प्रहरीले बताएको छ ।
अनुसन्धानका क्रममा गत १७ गते राती ६ बजेको समयमा न्यौपाने र गिरी गौमुखी गाउँपालिका ५ फर्सेधारा स्थित खुङ नारीकोट सडकखण्डमा भेट भइ चिन्तामणि उपाध्यायलाइ मार्ने योजना बनाएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी निरिक्षक केसीका अनुसार रातको ८ बजे जेदु कुमारी न्यौपानेले मृत उपाध्यायलाइ फोन गरी फर्सेधारा स्थित खुङ नारीकोट सडकखण्डमा बोलाएको र घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । ‘ढुङगा र घरबाट ल्याएको भरुवा बन्दुकले हानेर हत्या गरिएको छ ।’ प्रहरीले घटनास्थलबाट भरुबा बन्दुकको भाचिएको बटको ३ थान टुक्रा रु घटनास्थलको खुट्टाको छापको नमुना शंकलन गरेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मुवाइल र नगद ७ हजार रुपैया बरामद गरेको प्रहरी निरिक्षक केसीले बताए ।
प्रतिक्रिया