रविन विश्वकर्मा,प्यूठान । आजभोली जन्मदिन भन्ने बित्तिकै केक काटेर, तामझामका साथ खर्च गरेर मनाउने क्रम बढिरहेको छ । पछिल्लो समय होटल पार्टी प्यालेसहरुमा धेरै रकम खर्चेर जन्म दिन मनाउने प्रचलन बढ्दै गएको छ । तर समाजमा केही त्यस्ता उदाहरणीय पात्रहरु पनि छन् । जसले जन्म दिनको फजुल खर्च कटाएर समाजिक कार्यमा लगानी गरेका छन् । प्युठानको गौमुखि गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले आफनो जन्म दिन दलित समुदायका बालबालिकासंग मनाउनु भएको छ । उपाध्यक्ष रानाले गौमुखी गाउँपालिका वडा नंम्बर ३ राम्दीखोर टोलका परियार समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेर आज जन्म दिन मनाउनु भएको हो । जन्मदिनको अवसर पारेर राम्दीखोर टोलका बालविकास देखि कक्षा ११ सम्म अध्ययन गर्ने ४४ जना दलित समुदायका बालबालिकालाई गाउँमै पुगेर २२ हजार बढिको कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
आफ्नो ब्यक्तिगत फजुल खर्च कटाए बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पढाइमा केहि सहयोग पु¥याउने सामाजिक सेवाभावले सामाग्री वितरण गरेको रानाले बताउनुभयो । अनावश्यक खर्च गरेर जन्मदिन मनाउनु भन्दा सामाजिक सेवा गर्नु उचित लागेर वितरण गरेको उहाँको भनाइ छ ।
सामग्री वितरण गदै उपाध्यक्ष रानाले जनप्रतिनिधि भैइसकेपछि सरकारले मासिक रुपमा प्रदान गर्ने सेवा सुविधाको प्रत्येक महिनाको १० प्रतिशत रकम राना महाविर फाउण्डेशन स्थापना गरेर कोषमा जम्मा गर्ने गरेको बताउनुभयो । कोषमा जम्मा भएको रकमबाट गाउँपालिकाका दुखि, गरिब, बिपन्न, अशक्त, असहाय तथा सहयोगको आवश्यकता भएका बस्ती तथा समुदायका नागरिकलाई खाद्यान्न,शैशिक सामाग्री वितरण गदै आएको बताउनुभयो ।
रानाले गत बर्ष गौमुखि गाउँपालिका ५ खुङका गन्र्धभ समुदाय, नारीकोटको भुमेकाथान आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शैशिक सामाग्री उपलब्ध गराउनुभएको थियो । जन्म दिनको अवसरमा आफ्नो बस्तीमा रहेका बालबालिकालाई लक्षित गरी बितरण गरेको शैक्षिक सामाग्रीले बालबालिकाको पढाईमा सहयोग पुग्ने भन्दै अभिभावकले धन्यवाद दिएका छन् ।
प्रतिक्रिया