logo

  • ५ असार २०८२, बिहीबार | Thu, 19 Jun 2025

  •      Listen Radio Live

    ओठ तथा तालु फाटेका प्लाष्टिक सर्जरीका लागि प्युठानका ७ जना बिरामी छनौट

    ओठ तथा तालु फाटेका प्लाष्टिक सर्जरीका लागि प्युठानका ७ जना बिरामी छनौट

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा जन्मिदै ओठ तथा तालु (जिव्रो भन्दा माथि) फाटेका विरामिहरुको लागि निःशुल्क प्लाष्टिक सर्जरी (शल्यकृया) छनौट शिविर सम्पन्न भएको छ । बि एण्ड बि अस्पतालको आयोजना, राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको सह आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको समन्वयमा भएको शिविरमा प्लाष्टिक सर्जरी (शल्यकृया) का लागि जिल्लाबाट ७ जना छनौट भएका छन् । जन्मिदै ओठ तथा तालु फाटेका साथै अप्रेशन भई सकेको तर ओठ, नाक नमिलेको, गिजामा प्वाल भएका गरी  ४ जना पुरुष र ३ जना महिला शल्यकृयाका लागि छनौट भएको बि एण्ड बि अस्पताल जिल्ला प्रतिनिधि जुमानसिंह केसीले जानकारी दिनुभयो । शिविरमा अन्य ९ जनालाई उपचार परार्मश सेवा दिएको बताउनुभयो ।

    शिविरबाट छनौट भएका विरामीलाई काठमाण्डौं लगि निशुल्क अप्रेशन गरिने छ । साथै शल्यक्रियाको लागि लगिने विरामी तथा एक जना कुरुवालाई आउने जाने भाडा सहित बस्ने खाने निःशुल्क व्यवस्था गरिएको समेत जिल्ला प्रतिनिधि केसीले जानकारी दिनुभयो । जन्मिदै ओठ तथा तालु फाटी आर्थिक अभावका कारण चेकजाँच, उपचार तथा शल्यक्रिया गर्न नसकेका बिरामिहरुलाई आफ्नै घरआँगनबाट सेवा दिने उदेश्यका शिविर संञ्चालन गरेको उहाँले बताउनुभयो । आफ्नै गाउँठाउँमा निशुल्क सेवा लिन पाएपछि स्थानिय खुसी भएका छन् ।

    चैत्र १६ गते प्यूठान, अस्पताल बिजुवारबाट सुरु गरिएको शिविर चैत्र १७ गते गौमुखी गाउँपालिकाको पुजा स्वास्थ्य चौकी, लिवासे, चैत्र १८ गते झिमरुक गाउँपालिकाको ओखरकोट स्वास्थ्य चौकी ढाँडा, र चैत्र १९ गते मल्लरानी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र खलंगामा गरिएकोे थियो ।



    mandavionline mandavionline    
  • १९ चैत्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP