गौमुुखी गाउँपालिकाको अर्खा र रजवारालाइ जोड्ने झोलुङ्गे पुलको आज शिलन्यास गरिएको छ । प्रतिनिधी शभा सदश्य सुर्य थापाले आज झोलुङ्गे पुलेको शिलन्यास गर्नुभएको हो । ३ सय ६५ मिटर लामो र १ सय ८० मिटर अग्लो झोलुङ्गे पुलले प्यूठानको गौमुखी गाउँपालिकाको अर्खा र रजवारालाई जोड्ने काम गर्छ । दुई करोड ७२ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको झोलुङ्गे पुल २०८२ मंसिर सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ । ०८१ जेठमा सम्झौता भएको पुल निर्माण गर्न अधिकारी÷अपर तामाकोसी जेभीले ठेक्का पाएको छ ।
यो पुलको निर्माण सम्पन्न भए गौमुखी गाउँपालिकाको वडा नं १,२ र ३ का स्थानियलाई आवतजावतमा सहज हुने गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनु भयो । लामो समयको प्रयासपछि तिनवटा वडालाई समेट्नेगरी पुल निर्माणको काम सुरु भएको बताउनु भयो । घण्टौ लगाएर अर्खा रजवाराका स्थानिय आवत जावत गर्दै आएकोमा अब १० मिनेटमै अर्खाबाट रजवारा पुग्न सकिने भएको छ । झोलुङ्गे पुल निर्माणको काम सुरु भएसंगै त्यस क्षेत्रका स्थानिय खुसी भएका छन् ।
जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल भएकाले यसले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा राखेका छन् ।
प्रतिक्रिया