रविन विश्वकर्मा, प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सवारी साधन कारबाहीबाट १ महिनामा ४ लाख बढि राजश्व संकलन गरेको छ । पुष १ गतेदेखि मसान्त सम्म ट्राफिक नियम उल्लघन गरेका सवारी साधनबाट ४ लाख ८३ हजार राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो । कार्यालयको पुष महिनाको मासिक गतिविधि आज सार्वजनिक गर्दै ३ सय ९० वटा सवारी साधन कारबाहीबाट राजश्व संकलन भएको बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल, बस, जीप, कार, ट्याक्टर, ट्रिपर लगायतका सवारी साधन कारबाहीमा परेका छन् । ओभर लोड, तीव्र गति, चालक अनुमतीपत्र बिना चलाएकाहरु बढी कारबाहीमा परेका हुन ।
यो आर्थिक वर्षको पुष महिनामा सवारी साधन दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको प्रहरी उपरीक्षक बस्यालले बताउनुभयो । विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना, व्यवसायी, चालक र परिचालक, सर्वसाधारणलाई ट्राफिक सचेतनाबारे कार्यक्रम सञ्चालन सहित सामुदायिक कार्यक्रमहरु अन्तर्गत बिभिन्न बिषयमा १ सय १७ वटा कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । पर्चा, पम्पलेट, पोष्टर समेत जिल्लाको विभिन्न ठाउँमा वितरण गरिएको छ । जसले गर्दा जिल्लामा सवारी दुर्घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया