प्यूठान। गौमुखी गाउँपालिका–५ खुङ सालीबिसौनास्थित श्री पूर्ण प्राथमिक विद्यालयका संस्थापक शिक्षक डेगमलाल कुँवरले विद्यार्थी र शिक्षकलाई ट्र्याकसुट र भेस्ट वितरण गर्नुभएको छ।
विद्यालयमा लामो समयसम्म सेवा गर्नुभएका शिक्षक कुँवरले शिक्षक–अभिभावक भेलाको अवसर पारेर व्यक्तिगत तर्फबाट विद्यालयका विद्यार्थीलाई ५५ थान र शिक्षक तथा कर्मचारीलाई ६ थान ट्र्याकसुट र भेस्ट वितरण गर्नुभएको हो।
त्यस्तै, शिक्षक–अभिभावक भेलाकै अवसरमा पूर्णलाल पुरीको नाममा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याज रकममार्फत विद्यार्थीलाई स्टेसनरी सामग्रीसमेत वितरण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने तथा विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहयोगले विद्यार्थी र विद्यालय परिवारलाई प्रोत्साहन मिलेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया