logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    एस.ई.इ मा उत्कृष्ट हुने प्युठानका बिद्यालय र बिद्यार्थीलाई नगद सहित सम्मान गरिने

    एस.ई.इ मा उत्कृष्ट हुने प्युठानका बिद्यालय र बिद्यार्थीलाई नगद सहित सम्मान गरिने

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा प्युठानले २०८१ सालको एस.ई.इ परिक्षामा सबैभन्दा धेरै विद्यार्थी पास गराउने प्युठान जिल्लाका १० वटा माध्यमिक विद्यालय र ६ जना प्युठान जिल्ला टप विद्यार्थीलाई नगद तथा प्रशंसा पत्रले सम्मानित गर्ने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा प्युठानको जिल्ला बैठकले प्युठान जिल्लाका ९ वटा पालिका मध्ये प्रत्येक पालिकाबाट सबै भन्दा धेरै विद्यार्थी पास गराउने सामुदायिक विद्यालयलाई नगद रू ५००० र सम्मान पत्रद्धारा सम्मानित गर्ने निर्णय गरेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ प्युठानका अध्यक्ष रमेश गिरी जानकारी दिनुभयो ।

    प्युठान जिल्लामा जम्मा २ वटा नगरपालिका र ७ वटा गाउपालिका रहेका छन । यी सबै पालिकाबाट १÷१ वटा गरि जम्मा ९ वटा उत्कृष्ट नतिजा लिने विद्यालयलाई सम्मानित गरिने भएको हो । त्यस्तै प्युठान जिल्लामा रहेका संस्थागत विद्यालयहरू मध्येबाट सबै भन्दा धेरै विद्यार्थी पास गराउने एउटा उत्कृष्ट विद्यालयलाई पनि नगद रू ५००० र सम्मापत्रद्धारा सम्मानित गरिने भएको छ । त्यस्तै प्पुठान जिल्लाका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा लिने जिल्ला प्रथम, द्धितिय र तृतीय विद्यार्थी र संस्थागत विद्यालयहरू मध्येबाट पनि जिल्ला प्रथम, द्धितिय र तृतीय स्थान ल्याउन सफल उत्कृष्ट विद्यार्थीलाई क्रमशः ३ हजार, २ हजार र १ हजार पाँच सय नगद र प्रमाणपत्रद्धारा पुरूस्कृत गरिने भएको छ ।

    २०८० सालको एस.ई.इ परीक्षामा प्युठान जिल्लाको नतिजामा केही कमि आएको थियो । सोहि कारणले प्युठान जिल्लाका माध्यमिक विद्यालय र ती विद्यालयका प्रधानाध्यापकहरूलाई मानसिक तथा सामाजिक दबाब भएको विद्यालयहरूले महशुस गरेको समयमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायीले विद्यालयका शिक्षक , प्रधानाध्यापक तथा विद्यार्थीहरूको उच्चस्तरमा मनोबल वृद्धि होस भन्ने उद्धेश्यले विद्यालय र विद्यार्थीलाई सम्मान गर्न लागेको अध्यक्ष रमेश गिरीले बताउनुभयो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघले व्यवसाय गरि नाफा मात्र कमाउने उद्धेश्य नराखी शिक्षा क्षेत्रमा लगानी गरि सामाजिक सेवा गरि रहेको छ । जिल्ला रहेका असाहय बालबालिका , जेहेन्दार विद्यार्थीलाई पुस्तक तथा स्टेशनरी सामग्री वितरण गरि रहेको छ । त्यस्तै बौद्धिक अपांग भएका बालबालिकालाई न्यानो पोशाक पनि वितरण गरेको छ । विद्यार्थीहरूको वौद्धिकता वृद्धि होस भन्ने उद्धेश्यले संघले जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता पनि राखेर विद्यार्थीलाई सम्मानित गरेको हो ।साथै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा अझबढि प्रभावकारी काम गर्ने संघले लक्ष्य राखेको छ ।



    mandavionline mandavionline    
  • २८ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP