logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    मल्लरानीमा आगलागीकाे जोखिम न्यूनीकरण गर्न पुर्व तयारी

    मल्लरानीमा आगलागीकाे जोखिम न्यूनीकरण गर्न पुर्व तयारी

    प्यूठान । आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम मल्लरानी गाउँपालिकाको खलंगामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा डिभिजन वन कार्यालय प्यूठान संगको सहकार्यमा मल्लरानी गाउँपालिका खलंगामा छलफल कार्यक्रम गरिएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, बन उपभोक्ता समिति लगाएत सबै समुदायले आगलागीका घटना हुन नदिन काम गर्नुपर्ने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जिल्लाका सबै पालिकामा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन लागिपरेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन नदिन समयमै सबै सचेत भएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रजिअ आचार्यले आगलागी पुर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय, खोज तथा उद्दार सम्बन्धि तालिम बिषयमा अभियान संचालन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

    कार्यक्रममा वडा स्तरीय आगलागी पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ । कार्ययोजना अनुसार वडा अध्यक्ष संयोजक रहनेगरि समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ । कार्यदलले सम्पर्क ब्याक्ति तोकि प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयंत्र समितिमा जानकारी गराउन कार्यदललाई प्रमुख जिल्ला अधिकारी आचर्यले आग्रह गर्नुभयो । डिभिजन वन कार्यालयका प्यूठानका वन अधिकृत जयप्रकाश गुप्ताले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यालय तथा विभिन्न वन उपभोक्ता समुह समुदायलाई परिचालन गरिने बताउनुभयो ।

    कार्यक्रममा सहभागीले आगलागी लगाएत घटना पछि राहत तथा सहयोगमा ढिलासुस्ती र पीडितले दुस्ख पाउने गरेको भन्दै सहज रुपमा सेवादिन अनुरोध गरेका थिए ।गाउँपालिकाका सबै वडा अध्यक्ष , सुरक्षा समिति, बन डिभिजन कार्यालय, बनसंग सम्बन्धि उपभोक्ता समितिहरुको सहभागीता रहेको थियोे ।



    mandavionline mandavionline    
  • ११ माघ २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP