logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठानमा महोत्सव हेर्ने क्रममा एक जनाको मृत्यु

    प्युठानमा महोत्सव हेर्ने क्रममा एक जनाको मृत्यु

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा मेला हेर्ने क्रममा एक जनाको मृत्यु भएको छ । प्रथम भित्रीकोट प्युठान महोत्सव हेर्ने क्रममा प्युठान नगरपालिका १ ढाँडका अन्दाजी ५५ बर्षिय कमल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । आज मेला हेर्ने क्रममा महोत्सव स्थलमा एक्कासि ढलेर विहोस भएका नेपालीको प्युठान अस्पतालमा उपचारको क्रममा ४ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो ।

    विहोस भए लगत्तै उनलाई प्रहरीले गाडिमा राखि जिल्ला अस्पताल विजुवार पु¥याएको थियो । के कारणले मृत्यु भएको हो भन्ने मेडिकल रिपोर्ट आउन बाँकि रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । मृतक नेपाली हाल प्युठान नगरपालिका ४ बिजुवारमा बस्दै आउनुभएको थियो ।

     



    mandavionline mandavionline    
  • १५ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP