प्यूठानमा अबैध रुपमा सामुदायीक बिद्यालयको पाठयपुस्तकको बिक्रि बितरण हुने गरेको पाइएको छ । प्यूठान नगरपालिका ८ बाग्दुलामा रहेको सुबेदी पुस्तक पशलले कक्षा ३ र ५ को पाठयपुस्तक निजी प्रकाशनको बिक्रि बितरण गर्ने गरेको नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ प्यूठानका अध्यक्ष रमेश गिरीले जानकारी दिए । सुबेदी पुस्तक पसलले जिल्लाका बिद्यालयहरुलाइ फोन गरी आर्थिक प्रलोभन देखाएर निजी प्रकाशनका पुस्तकहरु बिक्रिको तयारी गरिरहेको पाईएको संघले जनाएको छ ।
कक्षा ३ र ५–१२ को पाठ्यपुस्त छपाइको जिम्बेबारी पाएको जनक शिक्षा सामाग्रि केन्द्र लिमिटेडले पनि प्यूठानमा कक्षा ३ र ५ को निजी प्रकाशनका पाठ्यपुस्तकको बिक्रि भैरहेको भन्दै सबै स्थानिय तहहरुलाइ पुस्तक खरिद नगर्न परिपत्र गरेको छ । पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ प्यूठानद्धारा प्यूठानमा निजी प्रकाशनका कक्षा ३ र ५ को पाठयपुस्तक बिक्रि बितरणको तयारी भैरहेको जानकारी पाप्त भएको भन्दै नेपाल सरकारको निर्णय कार्वान्वयका लागी बिद्यालयहरुलाइ परिपत्र गरिदिन आग्रह गरेको छ ।
यस्तै शिक्षा बिकास तथा समन्य इकाइ प्यूठान र प्यूठान नगरपालिकाले पनि एक बिज्ञप्ती जारी गर्दै कक्षा ३ र ५ को पुस्तक बिक्रि बितरण नगर्न आग्रह गरेको छ । कक्षा ३ र ५ को पाठयपुस्तक छपाइको काम सरकारले जनक शिक्षा सामाग्रि केन्द्र लिमिटेडलाइ दिएकोमा निजी प्रकाशनका पाठ्यपुस्तक खरिद नगर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया