नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ५६ करोड ७९ लाख रुपैया बढिको बजेट ल्याएको छ । मगलबार गाउँपालिका उपाध्यक्ष बिष्णा थापाले आगामी आ.व. २०८३/०८४ का लागी ५६ करोड ७९ लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
“समृद्ध, सक्षम र सुखी नौबहिनी” निर्माणको दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, भाषा–संस्कृति, वातावरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रतिक्रिया