प्यूठान । नेपाली कांग्रेस प्यूठानका जिल्ला सभापति विष्णुकुमार गिरीले नेपाली कांग्रेसको आगामी लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ।
महामन्त्री पदमा उम्मेदवारी दिने तयारीसहित गिरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पार्टी नेतृत्व, अग्रज नेताहरू, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूसँग भेटघाट र छलफल गर्ने अभियानमा गिरी निस्कुनभएको हो। उहाँले बिभिन्न जिल्लामा पुगेर आफ्नो उम्मेदवारीबारे जानकारी गराउनुका साथै पार्टीका नेता तथा कार्यकर्ताहरूको सुझाव, सल्लाह र समर्थन जुटाउने उद्देश्य रहेको पार्टी जिल्ला सचिब एन पी मगरले बताउनुभएको छ । सचिव मगरका अनुसार यस अभियानमार्फत प्रदेशभरिका पार्टी नेता तथा प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद र छलफल गर्ने कार्यक्रम रहेको छ।
यसैक्रममा गिरीले नवलपरासीको बर्दघाटमा पार्टीका अग्रज नेतागण तथा महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट र छलफल गर्नुभएको छ। उक्त भेटघाटमा युवा क्लस्टरतर्फ लुम्बिनी प्रदेश सदस्य पदका उम्मेदवार अमर जिसीसमेत सहभागी हुनुभएको थियो।
त्यसैगरी, यसअघि गुल्मी जिल्लाको तम्घासस्थित नेपाली कांग्रेस जिल्ला कार्यसमितिको पार्टी कार्यालयमा पुगेर गिरीले जिल्लाका अग्रज नेताहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। भेटघाटका क्रममा उनले आगामी प्रदेश अधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी गराउँदै पार्टी संगठनको वर्तमान अवस्था, भावी कार्यदिशा र प्रदेशस्तरमा संगठनलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
यस्तै, अर्घाखाँचीको सन्धिखर्कमा पनि जिल्लाका पार्टी नेतृत्व, अग्रज नेतागण, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूसँग भेटघाट गरी आफ्नो उम्मेदवारीबारे जानकारी गराउनुभएको थियो ।
प्रदेशका विभिन्न जिल्लामा भइरहेको भेटघाटलाई गिरीले उम्मेदवारीको जानकारी गराउने अभियानमा मात्र सीमित नराखी पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी सम्बन्ध, सहकार्य र संगठनात्मक एकतालाई थप मजबुत बनाउने अवसरका रूपमा समेत गिरीले आफुलाई लिनुभएको उहाँले बताउनुभएको छ ।
प्यूठान जिल्ला सभापतिको जिम्मेवारीमा रहेर पार्टी संगठन तथा स्थानीय तहको नेतृत्वमा सक्रिय गिरीको प्रदेश महामन्त्री पदको उम्मेदवारीलाई प्यूठानबाट प्रदेशस्तरको नेतृत्वमा प्रतिनिधित्व गर्ने प्रयासका रूपमा हेरिएको छ।
प्रतिक्रिया