काठमाडौं । आज दिउँसो तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
यसैबिच तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको टेलिभिजनका सम्पादक शिव दाहाले जानकारी दिनुभयो ।
प्रतिक्रिया