logo

  • १० जेष्ठ २०८३, आईतवार | Sun, 24 May 2026

  •      Listen Radio Live

    सुवेदी कल्याण प्रतिष्ठान लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

    सुवेदी कल्याण प्रतिष्ठान लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

    प्यूठान (टारी) । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन शनिबार प्यूठान नगरपालिका–४ टारीस्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न भएको छ।

    अधिवेशनले डा. राजकुमार सुवेदीको नेतृत्वमा १५ सदस्यीय लुम्बिनी प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको उपकुलाधिपतिमा देवीदत्त सुवेदी, कुल सचिवमा निरज सुवेदी तथा कुलरक्षकमा इन्दिरा सुवेदी चयन हुनुभएको छ।

    यसैगरी सदस्यहरूमा विष्णुप्रसाद सुवेदी, शिव सुवेदी, ऋषि सुवेदी, प्रेमराज सुवेदी, केशव सुवेदी, प्रेमलाल सुवेदी, गोमा सुवेदी, घनश्याम सुवेदी, माधव सुवेदी तथा परशुराम सुवेदी रहनुभएको छ।

    सुकल्प लुम्बिनी प्रदेशका कुलाधिपति प्रा. डा. शिवकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सुकल्प केन्द्रीय समितिका कुलाधिपति रमेश सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा केन्द्रीय उपकुलाधिपति होमप्रकाश सुवेदी विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी, केन्द्रीय कोषरक्षक राजाराम सुवेदी तथा केन्द्रीय कुल सदस्यहरू लक्ष्मी सुवेदी, गुमनराज पुलामी सुवेदी, ऋषिराज सुवेदी, भेषराज सुवेदी, नारायणप्रसाद सुवेदी र यज्ञलाल सुवेदीलगायतको उपस्थिति रहेको थियो।

    अधिवेशनको अवसरमा कुल परम्परा र सामाजिक योगदानलाई संरक्षण तथा प्रवर्द्धन गर्दै आउनुभएका प्यूठानका १०४ वर्षीय अपा सुवेदी, ९१ वर्षीय बलराम सुवेदी, ९१ वर्षीय पदम पुलामी सुवेदी तथा समाजसेवी डा. लेखराज सुवेदीलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

    कार्यक्रममा सुकल्प लुम्बिनी प्रदेशले उत्कृष्ट जिल्ला घोषणा गर्दै प्यूठान जिल्लालाई प्रशंसापत्र प्रदान गरेको थियो। उद्घाटन सत्रमा लुम्बिनी प्रदेशअन्तर्गतका १२ वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूले प्रतिष्ठानले हालसम्म गरेका गतिविधि र प्रगति विवरण प्रस्तुत गरेका थिए।

    कार्यक्रममा प्रदेश कुलाधिपति प्रा। डा। शिवकुमार सुवेदी, केन्द्रीय कोषरक्षक राजाराम सुवेदी तथा प्यूठान जिल्ला निवर्तमान अध्यक्ष भिमकान्त सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेशका उपकुलाधिपति राजकुमार सुवेदीले गर्नुभएको थियो।



    mandavionline mandavionline    
  • १० जेष्ठ २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP