logo

  • १ मंसिर २०८३, मंगलवार | Tue, 17 Nov 2026

  •      Listen Radio Live

    प्युठानमा कुलोमा डुबेको अवस्थामा महिलाको शव फेला

    प्युठानमा कुलोमा डुबेको अवस्थामा महिलाको शव फेला

    प्युठानको माण्डवी गाउँपालिका–१ दमारेमा कुलोमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

    मृत्यु हुनेमा माण्डवी गाउँपालिका–१ बुटेनी निवासी ५६ वर्षीया लोकीदेवी सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। प्रहरीका अनुसार उहाँ मंसिर १ गते दिउँसो करिब १ बजे घरदेखि करिब ६०० मिटर दक्षिणतर्फ अरुण खोलाबाट पिप्लीखेत जाने कुलोमा डुबेको अवस्थामा फेला पर्नुभएको हो। उहाँकी ३५ वर्षीया छोरी तिर्सना सुनारले देखेपछि कुलोबाट बाहिर निकालेको बताइएको छ।

    घटनाबारे दिउँसो ३: ४५ बजे खबर प्राप्त भएपछि प्रहरी चौकी तिरामबाट प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको कमाण्डमा दुई जना र जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक कौशल पराजुलीको कमाण्डमा सोको (SOCO) सहित पाँच जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेको र उहाँको माइती पक्षलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ।



    mandavionline mandavionline    
  • १ मंसिर २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP