जस्पुर । माण्डवी गाउँपालिका जस्पुर प्यूठानले आज पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरेको छ ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि।सी प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले गर्नु भएको थियो । स्वास्थ्य शाखा कर्मचारी नारायण जि।सीले कार्यक्रम संचालन गर्नु भएको घोषणा कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी,स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्का, माण्डवी गाउँपालिका ३ नं वडा अध्यक्ष धनेन्द्र कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।