logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    रेबिज रोग नियन्त्रण गर्न प्युठानमा सामुदायिक तथा घर पालुवा कुकुरको बन्ध्याकरण

    रेबिज रोग नियन्त्रण गर्न प्युठानमा सामुदायिक तथा घर पालुवा कुकुरको बन्ध्याकरण

    रविन विश्वकर्मा, प्यूठान ।प्यूठानमा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छि बिकास कार्यालय प्यूठानले अभियान मार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो । “ अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” भन्ने मुल नाराका साथ कार्तिक ९ गते देखि १५ गते सम्म सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्ने गरी अभियान सञ्चालन गरेको कार्यालयले जनाएको छ ।

    सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिज रोगको नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको निमित्त कार्यालय प्रुमख उमेश चन्द्र श्रेष्ठले बताउनुभयो । सामुदायिक तथा घरपालुवा कुकुरका कारण समस्या बढेपछि जिल्लामा बन्ध्याकरण गर्न थालिएको श्रेष्ठको भनाइ छ ।

    अभियानको पहिलो दिन आज २ वटा घर पालुवा र ४ वटा सामुदायिक कुकुर गरी ६ वटाको बन्ध्याकरण गरिएको कार्यालयका पशुविकास अधिकृत डाक्टर गणेश पुनले जानकारी दिनुभयो । कार्तिक १५ गते सम्म गाडिमा जिल्लाका बिभिन्न ठाउँहरुबाट सामुदायिक तथा घरपालुवा कुकुर ल्याएर कार्यालयमै बन्ध्याकरण गर्ने बताउनुभयो । बन्ध्याकरण, उपचारसंगै कुकुरलाई रेबिज विरुद्ध खोप पनि लगाइने डाक्टर पुनले बताउनुभयो । अभियानमा डा. गणेश पुनसंगै डा.राम भरोस यादब, पशु प्राविधिकहरु नरेश पाठक, विकास नेपाली लगायतको टोलीले शल्यक्रिया गर्नुभएको छ ।

    कार्यालयले यस अघि जेठ २० र २१ गते पशु सेवा शाखा बिजुवारमा प्यूठान नगरपालिकाको समन्वय र पायोनिएर एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि बुटवलको प्राबिधिक सहयोगमा शिबिर संचालन गरेर ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको थियो ।



    mandavionline mandavionline    
  • ९ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP