प्युठान । तेस्रो मल्लरानी खाना महोत्सव बारे पत्रकारसंग छलफल गरिएको छ । प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३१ गतेदेखि वैशाख २ गते सम्म्म संञ्चालन हुने महोत्सवबारे शुक्रबार खलंगामा छलफल गरिएको हो ।
पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गदै प्यूठान उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति नारायण नकर्मीले पर्यटन प्रर्वद्धनमा महोत्सवले महत्वपुर्ण भूमिका खेल्ने बताउनु भएको छ । उहाँले स्थानीय संघसंस्थाको पहलमा महोत्सव मार्फत मल्लरानीको प्रचारप्रसार गर्नु स्वागतयोग्य भएको बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादन भएका विभिन्न बस्तुहरु बिक्रीवितरण तथा प्रर्दशन गर्ने स्थानीय अर्गानिक खानाका परिकार सहित विभिन्न कला, सस्कृति प्रद्शन गर्ने, मल्लरानीको महत्त्वलाई बुझाउने र चिनाउने महोत्सवको प्रमुख उदेश्य रहेको प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनुभयो ।
मल्लरानीको प्रचार तथा समग्र बिकासका लागि सबै हातेमालो गरेमा मात्र मल्लरानी गाउँपालिकाको बिकासले गति लिने प्यूठान उद्योग बाणिज्य संघ प्यूठानका कोषाध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।
तेस्रो मल्लरानी फुड फेस्टिबल सम्बन्धमा आयोजकले पत्रकारहरुलाई समग्र कार्यक्रमको बारेमा जानकारी गराएको छ । पत्रकार हरुले समग्र महोत्सवलाई प्रभावकारी र पारदर्शी रुपमा संचालन गर्नमा आयोजकलाई सुझाव दिएका छ्न । ३ दिन सम्म संचालन हुने खाना महोत्सवमा कलाकार प्रचण्ड जि.सी, सन्दिप न्यौपाने, रितु थापा, नारायणी खत्री, बविता गुरुङ्ग र सम्झना रणपाल सहित स्थानीय कलाकारहरुको प्रस्तुती, सराय नाँच, मारुनी नाँच, पन्चेबाजा, लाईभ दोहोरी लगाएतका कार्यक्रम रहने आयोजकले जनाएको छ । साथै नेवार, मगर, गुरुङ्ग लगायत विविध जातजातिका परम्परागत खानाका परिकाहरु रहनेछन् । मल्लरानी गाउँपालिका तथा विभिन्न अन्य सरोकारवाला संगको सहयोगमा तथा सहकार्यमा महोत्सव संचालन हुन लागेको हो ।
प्रतिक्रिया