रविन विश्वकर्मा,प्युठान । प्यूठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका–५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको आरोप छ । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजा लिबासेबाट खटिएको प्रहरीले उनलाइलाई पक्राउ गरेको हो । अदालबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया