logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    न्यानो अभियान मार्फत बिद्यार्थीलाइ न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

    न्यानो अभियान मार्फत बिद्यार्थीलाइ न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

    रविन विश्वकर्मा, प्युठान । हिजो आज सामाजिक संञ्जालका कारण बिभिन्न विकृति, बिसंगतिका घट्ना बढ्दै जान थालेको जनगुनासो सुनिन्छ । सामाजिक संञ्जाल फेसबुक, म्यासेन्जर, टिकटक, वाट्स एप, लगायतको दुरुपयोगले समस्या निम्त्याएको छ । सामाजिक संञ्जालले समस्या मात्रै निम्त्याएको छैन यसको सहि सदुपयोगले धेरै मानिसको जीवनमा आमुल परिवर्तन समेत गरेको छ । सामाजिक संञ्जाल फेसबुक, म्यासेन्जर लगायतको सहि सदुपयोग गदै देशभर बिभिन्न सहयोग अभियान संञ्चालन भएका छन् । सामाजिक संञ्जाल मार्फत आर्थिक संकलन गदै संञ्चालन गरिएका अभियानबाट कयौं गरिब, बिपन्न, अशक्त ,असहाय तथा आर्थिक अभावका कारण उपचार नपाएर अलपत्र परेका नागरिकले सहायता तथा नयाँ जीवन पाएको उदाहरण प्रशस्तै भेटिन्छन् । अभियानबाट संकलन भएको आर्थिक रकम सामाजिक तथा रचनात्मक कार्यमा लगानी गर्न थालिएको छ । यसैको एक उदाहरण प्युठानका केहि युवाहरुले प्रस्तुत गरेका छन् ।

    जिल्लाका युवाहरुले सामाजिक संञ्जाल फेसबुकबाट “न्यानो माया ” अभियान संञ्चालन गरेर बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेका छन । नेपाल स्वयंसेबी रक्तदाता समाज जिल्ला शाखा प्युठानको आयोजनामा बुधबार प्युठान नगरपालिका वडा नंम्बर ५ सिद्द भुमि प्राथमिक विद्यालयका ढाँडछापका ५३ जना बिद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । एक हप्ता अगाडि फेसबुकबाट संञ्चालन गरिएको “न्यानो माया ” अभियान मार्फत संकलन भएको आर्थिक रकमबाट विद्यालयको बाल बिकास देखि कक्षा ५ सम्म अध्ययनरत रहेका गरिब, बिपन्न, अशक्त, असहाय तथा जेहेन्दार बिद्यार्थीहरुलाई एक जोर ट्रयाक सुट, टिसर्ट, टोपी, कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको अभियानका संयोजक जिबन खनालले बताउनुभयो ।

    स्वईच्छा स्वदेश तथा विदेशबाट अभियानमा जोडिएर सहयोग गरेको ६६ हजार ७ सय ५२ रुपैंयाबाट सोहि बराबरको न्यानो कपडा तथा शैक्षिक सामाग्री खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो । कमजोर आर्थिक अवस्थाका कारण बिभिन्न समस्यामा परेका अति बिपन्न तथा कमजोर ब्यक्तिहरुलाई केही सहयोग पु¥याउने उद्देश्यका साथ अभियान संञ्चालन गरेको खनालले बताउनुभयो । अभियानलाई निरन्तता दिदै जिल्लाका अन्य विद्यालय तथा बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्ने उहाँको भनाई छ ।

    फेसबुक मार्फत अभियान संञ्चाल गरि संकलन रकमबाट विद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरि रचनात्मक कार्यको थालनी गरेको भन्दै बिद्यालयका प्र्रध्यानाध्यापक बालाराम खड्काले आयोजकलाई धन्यवाद दिनुभयो । विद्यालयमा युवास्तरबाट भएको यस्तो खालकको सहयोगले बिद्यार्थीको पढाइका साथै विद्यालयको शैक्षिक गुणस्तरमा समेत थप टेवा पुग्ने बताउनुभयो । न्यानो कपडा तथा शैक्षिक सामाग्री पाएपछि अभिभावक तथा बिद्यार्थी खुसी भएका छन् ।

    सामाग्री वितरण कार्यक्रममा नेपाल स्वयंसेबी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामा, नागरिक सरोकार समाजका जिल्ला संयोजक सुमन सुवेदि, “न्यानो माया“ अभियानका संयोजक जिवन खनाल लगायतको उपस्थिति रहेको थियो ।



    mandavionline mandavionline    
  • १२ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP