logo

  • २८ बैशाख २०८२, आईतवार | Sun, 11 May 2025

  •      Listen Radio Live

    समाजसेवासंगै कृषिकर्ममा रम्दै लामाचौरका पुर्ण

    समाजसेवासंगै कृषिकर्ममा रम्दै लामाचौरका पुर्ण

    प्युठान,  स्वर्गद्वारी नगरपालिका वडा नम्बर ९ लामाचौरका ३७ बर्षिय पुर्ण बहादुर घर्तिमगर बिहान साझ खेतबारिमा ब्यस्त हुनुहुन्छ । २०७९ मा भयको स्थानिय तहको निर्वाचनबाट वडा सदश्यमा निर्वाचित हुनुभयका पुर्ण दिनभर जनताको काममा खटिनुहुन्छ । बिहान साँझको समयमा परिवार सङ्गै काम गरी  लटरम्म बेमौसमी तरकारी फलाउनु भएको छ।

    वैदेशिक रोजगारीको सिलसिलामा  तीन वर्ष कुबेतमा बस्नुभएका घर्ती पैसा कमाउने र परिवारलाई सुख साथ बसाल्ने सोचका  विदेश गएको सात महिनामै बुवाको निधन भयो। “म विदेश गएको ७ महिनामै बुबा बित्नुभयो,उपचारका लागि कमाएको पैसा त पठाए तर बुवाको निधनमा घर आउन पाइन । बुबाको निधनमा समेत घर आउन नपायपछि साह्रै दुःख लाग्यो । तीन वर्ष जसोतसो बिताएपछि घर फर्किएँ । विदेशबाट फर्किएपछि घर्ती  लामाचौरमा सामान्य तरकारी खेती गर्न सुरू गरेको बताउनुभयो । सुरुको दुई तीन वर्ष त तरकारि खेति राम्रो नहुदा कता जाउँ सम्म भयो । ब्यवसाय नै छोडौं भन्ने सम्मको धारणा नआयको होइन पुर्णले भन्नुभयो । ऋण धन गरेर कृषि  पेशामा निरन्तर रुपमा काम गरिरहे ।  आफु  कृषि पेशामा रहँदै गर्दा  आर्थिक वर्ष २०७७/७८ मा धानजोन  कार्यक्रम प्युठानले कृषकका लागि  अनुदानको सूचना गरेको जानकारी प्राप्त गरे। त्यसपटक घर्तीले ५०% अनुदानमा १२ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारबाट प्राप्त गरी आठवटा टनेलबाट तरकारी खेति बिस्तार गरेको बताउनुहुन्छ ।

    हाल घर्ती समाजसेवा सहित आफ्नो करिब ४ रोपनि र लिजमा गरि १८ रोपनी  जग्गामा बेमौसमी तरकारी खेति गरिरहनुभएको छ । घर्तिको कृषि फर्ममा काक्रा, भाण्टा,खुर्सानी, प्याज,मुला, भिण्डि, टमाटर, बन्दा फलिरहेका छन । उत्पादित तरकारी  बजारको कुनै समस्या नभएको घर्ती बताउनुहुन्छ” हामिले उत्पादन गरेको तरकारी नगरपालिकाले स्थापना गरेको सङ्कलन केन्द्र मार्फत खपत हुने गरेको छ । नगरपालिकाले तरकारिको न्यूनतम मुल्य निर्धारण गरेको छ, सिजनमा पनि न्यूनतम मुल्य पाइन्छ । किसान मारमा नपर्ने उहाले सुनाउनु भयो ।मौषमी तथा बेमौषमि तरकारि बिक्रिबाट बार्षिक करिब ६ लाख आम्दानि हुन्छ ।

    घर्ती जस्तै कृषकहरुका लागि कृषिमा ब्यवसायिक बनाउन विभिन्न यात्रिकरणका साधन र प्रबिधिमा सहयोग गर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ प्युठानका प्रमुख चुमान गिरिले बताउनुभयो । कार्यालयले थोपासिचाइ, टनेल, ड्याङ बनाउने मेसिन सहयोग गरेको छ ।  किसानको उत्पादनमा बृदि गरि स्वदेशमै केही गरौ भन्नेहरुका लागि कार्यालयले विभिन्न प्रबिधी हस्तान्तरणका साथै प्राबिधिक सहयोग उपलब्ध गराउने गरेको परियोजना कार्यालय प्रमुख गिरीले बताउनु भयो । जिल्लामा अहिले विशेष गरी तरकारी, धान र बिउको क्षेत्रमा सहयोग गरिएको प्रमुख गिरिले बताउनुभएको छ। यसबाट कृषकको उत्पादनमा दोब्बर बृर्दि हुने गरेको छ ।



    mandavionline mandavionline    
  • १६ बैशाख २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP