logo

  • ४ असार २०८२, बुधबार | Wed, 18 Jun 2025

  •      Listen Radio Live

    आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल

    आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: अध्यक्ष दाहाल

    काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताउनुभएको छ ।

    आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उहाँले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताउनुभयो ।

    अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताउनुभयो ।

    नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।



    mandavionline mandavionline    
  • २४ चैत्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP