logo

  • ३१ श्रावण २०८३, आईतवार | Sun, 16 Aug 2026

  •      Listen Radio Live

    रोल्पाको सुनछहरीमा पहिरो, चार जनाको मृत्यु

    रोल्पाको सुनछहरीमा पहिरो, चार जनाको मृत्यु

    प्यूठान । 
    अविरल वर्षापछि रोल्पाको सुनछहरी गाउँपालिका–२ मा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

    फलबाङ र मङरारुमा छुट्टाछुट्टै पहिरोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
    फलबाङमा शुक्रबार बिहान पहिरोले घर पुरिँदा ७७ वर्षीय विरु घर्ती मगर, उनकी ६८ वर्षीया श्रीमती सनी घर्ती मगर र छिमेकी ७० वर्षीया लली घर्ती मगरको मृत्यु भएको हो।

    प्रहरीका अनुसार राति परेको अविरल वर्षाका कारण विरु घर्ती मगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरमा विरु र सनी बस्दै आएका थिए भने लली घर्ती मगर पनि त्यहीँ रात बसेकी थिइन्। घटनाको जानकारी पाएपछि प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक मकर रासकोटीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय र प्रहरीको सहयोगमा पहिरो हटाउने क्रममा तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

    त्यस्तै, सुनछहरी गाउँपालिका–२ कै मङरारुमा ६४ वर्षीया लामी घर्तीको घर पनि पहिरोले पुरिएको थियो। आफ्नै भान्साघरमा बसिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएकी उनको खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे शव फेला परेको प्रहरीले जनाएको छ।

    मङरारुको घटनास्थलमा प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर पाण्डेको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।
    जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार सुनछहरी गाउँपालिका–२ का यी दुई घटनामा परी चार जनाको मृत्यु भएको र हाल कोही पनि बेपत्ता नरहेको जानकारी प्राप्त भएको छ।



    mandavionline mandavionline    
  • २९ श्रावण २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP