प्यूठान । सम्भाबित आगलागीका घटना न्यूनीकरणका लागि जिल्लामा आगलागी नियन्त्रण सम्बन्धि पुर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना २०८१ निर्माण गरिएको छ । जिल्ला समन्वय समितिको शभाहलमा भएको आगलागी नियन्त्रण सम्वन्धी छलफल तथा अन्तरकृया कार्यक्रमको अवसरमा कार्ययोजना निर्माण गरिएको हो ।
आगलागी तथा डढेलो नियन्त्रणका लागी वडा स्तर सम्म कार्यदल गठन गर्ने, पुर्वतयारी गर्ने, घटना बारे सूचना प्रवाह गर्ने, नियन्त्रणको लागि तयार रहने, स्वयंसेवकहरु परिचालन गर्ने, राहत समाग्रीको ब्यस्थापन लगायतका बिषय समेटिएको कार्ययोजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी रमा सबेदि आचार्यले जानकारी दिनुभयो । कार्ययोजना निर्माणपछि घटनामा न्यूनिकरणमा मद्धत पुग्ने उहाले बिश्वास व्यक्त गर्नुभयो ।
कुल क्षेत्रफलको ५७.८ प्रतिशत प्यूठानमा वन क्षेत्रले अोगटेको छ । जसमध्ये ४.९७ प्रतिशत घासे मैदान, सामुदायिक वन ४५१,कबुलियति वन १८४, संरक्षित वन १ र निजि वन ७ वटा छन् । वन ऐन २०७६ अनुसार आगलागीमा सम्लग्न दोषीलाई बिगो असुल सहित ६० हजार जरिवाना, तीन वर्ष कैद सजाय वा दुबै सजाय हुने कानुनी ब्यबस्था रहेकोछ । गतवर्ष जिल्लामा १६८ वटा आगलागीका घटना भएका थिए भने ९ जनालाई कानुनी कार्वाही भएको थियो ।
प्रतिक्रिया