प्यूठानमा बिबिध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिबश मनाईएको छ । गणतन्त्र दिबश आयोजक मुल समारोह समिति प्युठानको आयोजनामा महेन्द्र माविबाट प्रभात फेरि संगै विचार गोष्ठीकोआयोजना गरि दिबश मनाईयको छ ।
महेन्द्र माध्यमिक विद्यालयबाट प्रभातफेरी र्यालीका साथ सुरू भयको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो। सभामा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरमबहादुर जि.सी.ले गणतन्त्र नेपाली जनताको बलिदानीबाट आएको भन्दै यसलाई मजबुत बनाउन सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो । भ्रष्टाचार नियन्त्रण, जवाफदेही संस्था निर्माण र नागरिक सचेतना जरुरी भएको बताउदै प्रमुख जिसिले गणतन्त्रको संस्थागत बिकास आबश्यक रहेको बताउनु भयो । जिल्ला समन्वय समिति उप–समन्वय प्रमुख दुर्गा रेग्मीले गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै यसको संरक्षणमा सबै नागरिक जिम्मेवार हुनुपर्ने बताइन्। कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले गणतन्त्रमा बढ्दो भ्रष्टाचारले खतरा पैदा गरेको भन्दै जवाफदेही शासन प्रणालीको अभ्यास जरुरी रहेको बताउनु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले गणतन्त्रले सबै नागरिकलाई समान अवसर दिएको बताउदै गणतन्त्रकै कारण आज सबै नेपाली जनताको छोरा–छोरी राष्ट्रको नेतृत्वमा पुग्न सक्ने अवस्था आउनुनै गणतन्त्रको सफलता भयको बताउनु भयो जिल्ला न्यायाधीश हिरण्य प्रसाद शाक्य र मल्लरानि गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले पनि गणतन्त्रपछि देश विकासको नयाँ दिशामा अघि बढेको धारणा राख्नुभयो सहिदहरूको सपना पूरा गर्न जनप्रतिनिधि र जनताबीच सहकार्य आवश्यक भएको कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन् । कार्यक्रममा सुरक्षा निकायका अधिकारी, शिक्षक, विद्यार्थी, पत्रकार, संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो।
प्रतिक्रिया