logo

  • २८ माघ २०८२, मंगलवार | Tue, 10 Feb 2026

  •      Listen Radio Live

    झिमरुक गाउँपालिका वडा नं. ३ मा टोल स्तरिय भलिवल प्रतियोगिता सुरु

    झिमरुक गाउँपालिका वडा नं. ३ मा टोल स्तरिय भलिवल प्रतियोगिता सुरु

    झिमरुक गाउँपालिका वडा नं. ३ को आयोजनामा टोल स्तरिय भलिवल प्रतियोगिता सुरु भएको छ । आजबाट सुरु भएको प्रतिया्गिताको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले प्रतियोगिताले खेलाडीको उज्ववल भविष्य सँगै खेलको संस्कृतीको बिकास गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । युवायुवतीलाई खेलकुदमा जोड्न गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताउदै अध्यष महतरा क्षेत्रीले खेलकुदको विकास सँगसँगै युवायुवतीको समृद्धिको आधार बन्न सक्ने बताउनुभयो। वडा तहमा खेलाडी उत्पादन गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न वडा स्तरमा हुने खेलकुद प्रतियोगिता फलदायी हुने उहाँले बताउनुभयो।

    खेल पूर्वाधारको विकास, खेलाडीहरूमा क्षमता अभिवृद्धि र प्रतिस्पर्धाको वातावरण निर्माणमा स्थानीय सरकारले चासो बढाएको पनि स्पष्ट पार्नुभयो । साथै उहाले सबै प्रकारका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति स्थानीय सरकारले लिएको जानकारी उहाँले दिनुभयो । प्रतियोगिता दुइ दिन सम्म चल्नेछ । प्रतियोगितामा नौ टिमको सहभागीता रहेको छ ।



    mandavionline mandavionline    
  • ३ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP