लुप्लुङ्ग मा बि ले ६५ अाैं बार्षिकउत्सब तथा अभिभाबक दिवश मनाएकाे छ । २०१६ सालमा स्थापना भएको माध्यमिक बिधालयले आज एक कार्यक्रमका बिच उत्सब मनाएकाे हाे। कार्यक्रममा नौबहिनी गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि मान बहादुर केसिले लुप्लुङ्ग मा बि पालिका स्तरमै नमुना शैक्षिक सस्थाकाे रुपमा रहेकाेले अन्य बिधालयहरुले पनि यहाँकाे सकारात्मक सिकाइ ग्रहण गर्नु पर्ने बताएका छन । कार्यक्रममा वडा सदस्य हुमलाल भण्डारीले बालबालिकाले सहि सस्कारकाे बिकास परिवारबाट हुने हुदा असल संस्कार सिकाउन आग्रह गरेका छन ।
कार्यक्रममा बिधालयकाे बिकासका लागि याेग्दान गर्ने पुर्ब अध्यक्ष ईश्वरि प्रसाद भण्डारीलाई कदर पत्रले सम्मान गरिएको छ । साेहि क्रममा भण्डारीले समाज परिवर्तनको सुचक शिक्षा भएकोले शिक्षामा याेगदान गर्न अनुराेध गरेका छन ।
कार्यक्रममा विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट बिधार्थि लाई पुरुस्कार बितरण,विभिन्न अक्षकाेष बाट पुरुस्कार बितरण , गतबर्ष उत्कृष्ट सिकाइउपलब्धि हासिल गराउने शिक्षकलाई सम्मान तथा पुरुस्कार बितरण गरिएको छ ।
कार्यक्रममा बाेल्दै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीले शिक्षाको धराेहर बिधालयमा गुणस्तर बृद्धिका लागि सबै सराेकारवाला लाग्न आबश्यक पर्ने बताएका छन । अध्यक्ष भण्डारीले आफु बिधालय बिकासका लागि कुनै आग्रहपुर्बाग्रह नराखी आफु अगाडि बढेकाे बताउदै सबै पक्षसङ्ग सहकार्य गर्ने , अक्षकाेष ब्यबस्थापन गर्ने , बिधालयकाे भौतिक संरचना बालमैत्री बनाउने आफ्नाे मुख्य उदेश्य रहेकाे बताएका छन ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीले बिधालयकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। भने सन्चालन शिक्षक खेमराज भण्डारीले गरेका थिए ।
प्रतिक्रिया