logo

  • २५ जेष्ठ २०८३, सोमबार | Mon, 08 Jun 2026

  •      Listen Radio Live

    श्रमिक र श्रमिकसजालसंग अन्तरकृया कार्यक्रम सम्पन्न

    श्रमिक र श्रमिकसजालसंग अन्तरकृया कार्यक्रम सम्पन्न

    श्रम तथा रोजगार ब्यवस्थापन कार्यक्रम अन्र्तगत श्रमिक र श्रमिकसजालसंग अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजनामा खलंगामा भएको कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले रोजगारी शृजनामा गाउँपालिका स्तरबाट पनि कामहरु भएको उल्लेख गर्नुभयो ।
    राष्ट्रिय रोजगार कार्यक्रम मार्फत एक सय दिनको रोजगारी प्रदान गरिएको र त्यसले समुदाय स्तरका सानातिना कामहरु भएको यल्ल्ेख गर्नुभयो । एक सय दिनको रोजगारीले आर्थिक अवस्था कमजोर भएकाहरुका लागी केहि राहत मिलेको उल्लेख गर्नुभयो । स्वरोजग बन्न बिभिन्न कार्यक्रम पालिकास्तरबाट संचालनमा छन् । त्यसबाहेक प्रदेश र संघिय सरकार मार्फत पनि आयआर्जन र जीबिकोपार्जनका कामहरु भएको उल्लेख गर्नुभयो ।

    अन्र्तकृया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका कार्यालय प्रमुख लोकराज थापाले कार्यालयको काम र श्रमिकका लागी हुने कार्यक्रम तथा मल्लरानी गाउँपालिकाका रोजगार संयोजक सरद भण्डारीले रोजगारीका कानुनी प्रावधान, श्रमिकका लागी गाउँपालिकाले गरेका काम तथा सेवाहरु, श्रमिकमा हुनुपर्ने गुण र बित्तिय साक्षरताका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख लोकराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो कार्यक्रममा मल्लरानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनाल लगाएत मल्लरानी गाउँपालिकाका भित्रका पाचवटै वडाका राष्ट्रिय रोजगार कार्यक्रममा कार्यरत श्रमिकको सहभागीता रहेको थियो ।



    mandavionline mandavionline    
  • २५ जेष्ठ २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP