logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठान र रोल्पाका उत्कृष्ट करदातालाई सम्मान

    प्युठान र रोल्पाका उत्कृष्ट करदातालाई सम्मान

    रविन विशवकर्मा, प्यूठान । कर दाता सेवा कार्यालय चकचके प्यूठानले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आर्थिक बर्ष २०८०/८१ मा प्यूठान तथा रोल्पा जिल्लामा सबै भन्दा धेरै आयकर बुझाउने २ जना करदातालाई सम्मान गरिएको कार्यालयले जनाएको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम समापनको अवसरमा नीतेश अर्डर एण्ड सप्लायर्स बाग्दुला प्यूठानका संचालक नितेश कक्षपति तथा जलजला कन्ट्रक्सन प्रालि रोल्पाका संचालक गौराज डाँगीलाई खादा सहित सम्मान पत्र प्रदान गरि सम्मान गरिएको कर दाता सेवा कार्यालयका प्रमुख कर अधिकृत चन्द्र प्रकास रेग्मीले जानकारी दिनुभयो ।

    नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरी आयकर बुझाउने ब्यक्ति तथा ब्यवसायीहरुको सम्मान स्वरुप उत्प्रेरणाको लागि सम्मान गरिएको उहाँले बताउनुभयो । ब्यवसाय संञ्चालन गर्ने तर कर नतिर्ने प्रवृति अझै पनि कायम रहेकाले सबै करको दायमा आउनुपर्ने बताउनुभयो ।

    कार्यालयले प्यूठान र रोल्पा दुई जिल्लामा सेवा प्रवाह गरिरहेको बताउदै आयकर संकलन लगायत कार्यालयबाट प्रवाह हुने सेवाहरुलाई छिटो छरितो एमव् सहज रुपमा प्रदान गर्न लागि परेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो ।

    प्यूठान उद्योग वाणिज्य संघका कोषाध्यक्ष झविन्द्र शर्माले आर्थिक संकटमा पनि व्यवसायीहरुले कर तिरी रहेको बताउनुभयो । कार्यक्रममा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव कुमार आचार्यले राज्यले ब्यवसायीका समस्या तथा चुनौतीहरुलाई पहिचान गरी समाभानका निमित्त पहल गदै कर, करले नभएर रहरले तिर्ने सहज वातावरण सिर्जना गर्न लागि पर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।



    mandavionline mandavionline    
  • ७ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP