logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्युठानका २१ वडामा अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन

    प्युठानका २१ वडामा अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन भएको छ । आलु आर्थिक बर्ष २०८१/ ८२ देखि जिल्लाको प्युठान नगरपालिका, मल्लरानी, सरुमारानी, गौमुखि र नौबहिनी गाउँपालिमा अदुवा,बेसार जोन कार्यक्रम संञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठानले जनाएको छ ।

    प्युठान नगरपालिकाको वडा नंम्बर १,२,३,५,६,८, मल्लरानी गाउँपालिकाको २,३,४,५ नंम्बर वडा, सरुमारानी गाउँपालिकाको ३,४,५,६ नंम्बर वडा, गौमुखि गाउँपालिकाको वडा नंम्बर ५,६,७ र नौबहिनी गाउँपालिकाको १,३,४ र ६ नंम्बर वडा गरी २१ वटा वडमा जोन कार्यक्रम संञ्चालन भएको कार्यालय प्रमुख चुमान  सिंह गिरीले जानकारी दिनुभयो ।

     

    सिंचाइ, बिभिन्न मेसिनरी औजार लगायतका कार्यक्रमहरु सहित जोन कार्यक्रम मार्फत ३ वटा चक्लाबन्दीका कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठान अन्तरगत जिल्लामा आर्थिक बर्ष २०७३/०७४ देखि धान जोन, २०७८/ ७९ देखि तरकारी जोन र र चालु आर्थिक बर्षबाट अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालनमा छ ।

    प्यठानमा अदुवा तथा बेसार जोन संञ्चालक समन्वय समिती गठन

    प्युठानमा अदुवा तथा बेसार जोन संञ्चालक समन्वय समिती गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठान अन्तर्गत जिल्लामा अदुवा तथा बेसार जोन कार्यक्रम संचालनका लागि लागि बिहिबार (आज) समन्वय समिती गठन गरिएको हो । रेवत प्रसाद खनालको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको छ । जसको सह–संयोजकमा बिष्णु पाण्डे, सचीव पदम बहादुर केसी, सह–सचिब गोबिन्द बहादुर मल्ल, कोषाध्यक्षमा साबित्रा केसी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा याम बहादुर पुन ,कासिराम शर्मा, कमला डिसी, तेमा राना रहनु भएको छ ।

    अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन तथा सहजीकरणको लागि समिति गठन गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठानका प्रमुख चुमान सिंह गिरीले बताउनुभयो । जोन कार्यक्रम संञ्चालन अन्तर्गत कार्यालयमा सुचिकृत भएका बिभिन्न कृषक समुह, कृषि सहकारी संस्था, कृषि उद्यमीहरुबाट समुह गठन गरिएको बताउनुभयो ।
    गिरीका उहाँका अनुसार जोन कार्यक्रमलाई ब्यवस्थित रुपमा संञ्चालन गर्ने, कृषकका गुनासो, समस्या तथा आवश्यकताहरुलाई कार्यालय सम्म ल्याउने र कार्यालयका कार्यक्रम, गतिविधि कृषक सम्म पु¥याउने काम समितिले गर्ने छ ।

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ प्युठानका प्रमुख चुमान सिंह गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता रहेको थियो ।

     

     



    mandavionline mandavionline    
  • २५ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP