प्यूठान । प्यूठान उद्योग बाणिज्य संघ अन्तरगरका पाँच बजार इलाकाको अधिबेशन शनिवार सम्पन्न भएको छ । नौ बजार इलाका रहेको संघको बाकी इलाका अधिबेशन फागुन १७ गते हुनेछ्न । स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट अध्यक्ष बिष्णु योगि, उपाध्यक्ष टिकाराम भण्डारी, सचिव रमेश पुन, कोषाध्यक्ष बालाराम कालाथोकी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बुद्धि राम गोराथिकी, पदम के.सि., दिपक चन्द थापा चयन हुनुभएको छ । जिल्ला प्रतिनिधि गङ्गाराम बि.सि रहनुभएको छ ।
सरुमारानी बजार क्षेत्रको सातौं अधिवेशनबाट भरत एम.सी.को अध्यक्षतामा उपाध्यक्ष मो.अतिउल्ला हलुवाई, सचिव नमराज भण्डारी, कोषाध्यक्ष दुर्गा बहादुर खत्री र सदस्यहरु मीन बहादुर घर्तिमगर, खड्क पुन मगर, फन बहादुर राना, विष्णु खत्री रहनुभएको छ । गौमुखी बजार इलाकाको ठुलाबेसीमा सम्पन्न १० औं साधारणसभा तथा चौथो अधिबेशनले कमला पोख्रेलको अध्यक्षतामा नयां कार्यसमिती सर्बसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण मल्ल, सचिव मुक्ति राना, कोषाध्यक्ष बिष्णु सुनार र सदस्यहरुमा बसन्ता केसी, टोपलाल सुनार, अमर बिटालु रहनुभएको छ । झिमरुक बजार इलाकाको अधिबेशनले भरत ढकाल अध्यक्ष रहनुभएको नया कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष पिताम्बर घिमिरे, सचिव झबिलाल ज्ञवाली, कोषाध्यक्ष मिना पौडेल र सदस्यहरु लिलाधर न्यौपाने, लिमान सिह जिसि, नारायण जिसि, टेकबहादुर ढकाल रहनुभएको छ । जिल्ला प्रतिनिधि झगबहादुर पुन चयन हुनुभयो ।
ऐरावती बजार क्षेत्रको अधिबेशनले नुम प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । प्यूठान उद्योग बाणिज्य संघको जिल्ला अघिबेशन चैत्र ५ गते हुदैछ ।
प्रतिक्रिया