प्यूठान । प्युठानमा गोठालो गएका एक ब्यक्ति मृत फेला परेका छन् । ऐरावती-३ अर्जाम बस्ने ५१ वर्षीय देव बहादुर राना साेही वडा स्थित गोठ्ठा सामुदायिक वनमा मृत फेला परेका हुन् । राना जंगलको भीरदेखी तल मृत फेला परेको प्रहरीले जनाएको छ । पुस २९ गते बिहान गोठालो गएका राना बेलुका सम्म घरमा नआएपछि वनमा खोजतलास गर्दा शव फेला परेको थियो ।
माघ १ गते शवलाई पोस्टमार्टम गरि परिवारलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।
प्रतिक्रिया