logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    झिमरुक गाउँपालिकामा १ हजार ४६९ जना किशोरीहरूलाई एच.पि.भी खोप दिइने

    झिमरुक गाउँपालिकामा १ हजार ४६९ जना किशोरीहरूलाई एच.पि.भी खोप दिइने

    रविन विश्वकर्मा, प्युठान । झिमरुक गाउँपालिकामा १ हजार ४ सय ६९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने भएको छ । गाउँपालिका भित्रका बिद्यालयमा कक्षा ६ देखी १० कक्षासम्म अध्ययन गर्ने १ हजार ४ सय ६५ र बिद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर सम्मका ४ गरी १ हजार ४ सय ६९ जना किशोरीलाई एच पि भी खोप दिन लागिएको स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभयो । यहि माघ २२ गतेदेखि २७ गतेसम्म पालिकाका १९ बिद्यालय तथा ८ स्वास्थ्य संस्थाको खोप केन्द्र मार्फत खोप दिन लागिएको बताउनुभयो । उहाँका अनुसार खोप केन्द्रमा ८१ जना स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ ।

    किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने शाखा प्रमुख केसीले बताउनुभयो । पाठेघरको मुखको क्यान्सर हुन बाट बचाउन सरकारले पहिलो चरणमा खोप, दोस्रो चरणमा परीक्षण र तेस्रो चरणमा उपचार बिधी सहित तीन चरणको रणनिती बनाएको छ । पहिलो चरणमा ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने, दोस्रो चरणमा ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र तेस्रो चरणमा परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले देशैभर खोप अभियान सुरु गर्न लागेको बताउनुभयो । देशव्यापी खोप कार्यक्रम आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन हुनेछ ।सुरक्षित भएको एचपीभी खोपको मात्रा एक डोज लगाए जीवनभर पुग्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै कम हुने भएकाले ढुक्कसँग लगाउन स्वास्थ्य शाखा प्रमुख केसीले आग्रह गर्नुभएको छ ।

    आज पालिकामा खोप समन्वय समितीका पदाधिकारीहरुका भएको खोप अभिमुखिकरण कार्यक्रममा बोल्दै पालिकास्तरिय खोप समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले देश समृद्ध बन्नका लागि सवै नागरिक स्वस्थ भयर मात्र सम्भव हुने बताउदै खोप अभियानलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।

    गौमुखी गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    गौमुखी गाउँपालिकामा पनि खोप समन्वय समितीका पदाधिकारीहरुका लागी एच पि भी खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माघ २२ गते पर्सिदेखी सुरु हुन लागेको खोप अभियानका बारेमा गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । गौमुखी गाउँपालिकामा २२ गतेदेखी २६ गतेसम्म गरी कुल १ हजार ४४८ जना किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप दिइदै छ ।



    mandavionline mandavionline    
  • २० माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP