logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    ॐ बहुउद्देश्यीय सहकारीकाे नवनिर्मित भवन उद्घाटन

    ॐ बहुउद्देश्यीय सहकारीकाे नवनिर्मित भवन उद्घाटन

    रविन विश्वकर्मा, प्युठान । ॐ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे नवनिर्मित भवन उद्घाटन गरिएको छ । मल्लरानी गाउँपालिका ४ टुढिलेख नजिकै रहेकाे भवनकाे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बिहिवार उद्घाटन गर्नु भएको हाे । सहकारीकाे जगेडाकाेष र भवन निर्माण काेषबाट रकम खर्च गरि १९ लाख २५ हजार ९ सय ८५ रुपैयाँमा भवन निर्माण सम्पन्न गरिएको सहकारीका काेषाध्यक्ष पुनम श्रेष्ठले जानकारी दिनुभयाे ।

    कार्यक्रममा बाेल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले सबै सहकारी खराब नभएको बताउनुभयाे । पछिल्लो समय सहकारीकाे बिषयमा केही खराब ब्यक्तिहरुकाे संलग्नताका कारण विभिन्न टिकाटिप्पणी भैरहेको समयमा संस्थाले अाफुलाई मजबुत बनाउदै सबैलाई विश्वस्त पार्दै भवन निर्माण गर्नु एकदमै राम्रो पक्ष भएकाे बताउनुभयाे ।

    अध्यक्ष खड्काले संस्थाले जिल्लामा राम्रो काम गरेकाे उल्लेख गर्दै अागामी दिन अझै पार्दशी, मितब्ययी बनाउदै ब्यवस्थित रुपमा संञ्चालन गर्न अाग्रह गर्नुभयाे । जिल्लाकाे कृषि,पशुपालन,पर्यटन लगायतका सम्बन्धित अन्य गतिविधिहरुमा गाउँपालिका सहकारीसंग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयाे ।

    कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष बिजय श्रेष्ठ, खलंगा कृषि सहकारी संस्थाका अध्यक्ष इमानसिंह भारती, मल्लरानी गाउँपालिकाका उपाध्यक्ष तथा सहकारीका निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठ, ४ नंम्बर वडा अध्यक्ष कुमार श्रेष्ठ लगायतले शुभकामना मनतब्य राख्नुभएको थियाे।

    संस्थाले भवन निर्माणमा महत्त्वपूर्ण याेगदान पुर्याएकाे भन्दै निवर्तमान अध्यक्ष रमेश कुमार श्रेष्ठ, ४ नंम्बर वडा अध्यक्ष कुमार श्रेष्ठलाई खादा, प्रमाणपत्र सहित सम्मान गरेकाे छ ।
    यस्तै भवन निर्माण समितिका संयाेजक राजन श्रेष्ठ, सदस्यहरु लक्ष्मण श्रेष्ठ, पशुपति श्रेष्ठ, प्रतिज्ञा श्रेष्ठ, भरत कुमार श्रेष्ठ, राजेश बुढाथोकीलाई पनि प्रसंसा पत्र प्रदान गरि सम्मान गरिएको थियाे ।

    २०५७ सालमा स्थापना भइ मासिक २० रुपैयाँ बचतबाट सुरु भएकाे सहकारीकाे हाल कुल शेयर पुँजी ५४ लाख ४४ हजार ४ सय पुगेकाे छ । मल्लरानी गाउँपालिकाका ५ वटै वडा र प्युठान नगरपालिकाकाे ४ नंम्वर वडामा कार्य क्षेत्र रहेकाे सहकारीमा ५०२ जना शेयर सदस्य अावद्व छन । सहकारीले कृषि, पशुपालन, उद्यम लगायत अन्य विभिन्न १० वटा शिर्षकमा कर्जा प्रवाह गर्दै अाएकाे छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     



    mandavionline mandavionline    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP