logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानमा जिप दुर्घटना हुदा १० जना घाइते

    प्यूठानमा जिप दुर्घटना हुदा १० जना घाइते

    प्यूठानमा जिप दुर्घटना हुदा १० जना घाइते भएका छन् । भालुवाङ प्यूठान सडकखण्ड स्थित प्युठानको माण्डवी गा.पा. ३ अरुणखोला नजिकै जिप अनियन्त्रित भै दुर्घटना भएको हो । रोल्पाबाट भालुबाङतर्फ जादै गरेको भे १ ज ७३४ नं. को सुमो जिप अनियन्त्रित भई सडकको दायाँ भागकोे भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका अनुसार जिपमा सवार चालक सहित १० जना घाईते भएको र उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
    घाइतेहुनेमा प्युठान माण्डवी गा.पा. १ बस्ने बर्ष ५० कि कुन्ति कुमारी पुन, रोल्पाको सुनछहरी गा.पा.१ बस्ने बर्ष ८० को खल्बिर घर्ती,सोही ठाउकी बर्ष ७६ की चम्पा घर्तिमगर, लुङ्ग्री गा.पा. २ बस्ने बर्ष २३ का चन्द्र खड्का, सुनिल स्मृति गाउपालिका. ४ बस्ने बर्ष १९ कि लक्ष्मी परियार,चालक कपिलवस्तुको शिवराज न.पा.का बर्ष २५ का विजय कुमार कौशोधन घाइते भएका छन् ।
    यस्तै र्दुघटनामा रोल्पा सुनछहरी गा.पा.१का बर्ष १५ कि हस्तिका राना मगर, झापा दमक न.पा. ८ बस्ने बर्ष ३८ का उमानाथ भट्टराई, रोल्पाको सुनछहरी गा.पा. १ बस्ने वर्ष ९ का जितल राना मगर र रोल्पाकै सुनछहरी गा.पा. १ की ३६ बर्षिय भाना राना घाइते हुनुभएको छ ।
    दुर्घटनामा घाइतेभएका मध्ये चालक कौशोधनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।



    mandavionline mandavionline    
  • २८ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP