logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    सडकका १ सय बढी कुकुरलाई रेबिज विरुद्धको खोप लगाइयो

    सडकका १ सय बढी कुकुरलाई रेबिज विरुद्धको खोप लगाइयो

    प्यूठान । जिल्लाका १ सय भन्दा बढी घरपालुवा तथा सडकमा रहेका कुकुरलाई रेबिज रोग विरुद्धको खोप लगाईएको छ । विश्व रेबिज दिवसको अवसरमा असोज ६ गतेदेखि १२ गते सम्म संञ्चालन गरिएको सप्ताहब्यापि निशुल्क खोप अभियानमा १ सय ४० वटा कुकुरलाई रेबिज रोग विरुद्धको खोप लगाईएको एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय प्युठानले जनाएको छ । मल्लरानी गाउँपालिका, प्युठान नगरपालिका र माण्डवी गाउँपालिकाका बिभिन्न ठाउँ तथा बजारहरुमा पुगेर खोप लगाइएको कार्यालयका पशु विकास अधिकृत तथा पशु चिकित्सक डाक्टर गणेश पुनले बताए । घरमा पालिएका कुकुरलाई सहजै रुपमा खोप लगाउने गरिएको र सडकमा रहेका कुकुरलाई नियन्त्रणमा लिएर खोप लगाइएको डाक्टर गणेश पुनले बताए । अभियानमा पशु चिकित्सक डाक्टर पुन सहित प्राबिधिक टोली खटिएका थिए ।

    रेबिज रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान चलाएको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । बिश्व रेबिज दिवसको अवसरमा आयोजित सप्ताहब्यापी खोप तथा सचेतनामुलक कार्यक्रम अन्तर्गत आज प्यूठान नगरपालिका वडा नंम्बर ९ स्थित बाल बिद्या मावि मजुवा मरन्ठानामा बिद्यालयस्तरमा रेबिज रोगको बारेमा बिद्यार्थीलाई जानकारी गराएको बताए । कार्यक्रममा बिद्यार्थीलाई रेबिज रोग भनेको के हो, सर्ने तरिका, यसका लक्षण तथा बच्ने उपाय, लगायतका अन्य महत्वपुर्ण बिषयमा प्रशिक्षण दिइएको कार्यालय प्रमुख श्रेष्ठले बताए । कार्यालयले यसअघि जिल्लाभरबाट सडकमा रहेका छाडा कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरेको थियो ।

    रेबिजको रोकथाम र चेतना जगाउने उदेश्यले हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारा सहित यो वर्षको रेबिज विरुद्धको दिवस मनाइएको छ ।



    mandavionline mandavionline    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP