रविन विश्वकर्मा प्युठान । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्युठानको नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार विजुवारमा सम्पन्न छैटौं औं जिल्ला अधिवेशनबाट तेजेन्द्र बुढा मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उपाध्यक्षमा सुवास श्रेष्ठ, सचिव सुशिला बुढामगर, सहसचिव सुरज पुनमगर, कोषाध्यक्षमा केदार थापा मगर निर्वाचित हुनुभएको हो ।
त्यसैगरी सदस्यहरुमा विवश घर्तिमगर, स्मृति घर्तिमगर, विष्णु राई, गोमा घर्तिमगर, खगेन्द्र थापामगर, विष्णु पुनमगर, केशव श्रेष्ठ, आइविर थापामगर निर्वाचित हुनु भएको छ । त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधि सुजल श्रेष्ठ र संघिय महाधिवेशन प्रतिनिधिमा मित्र थापा चयन हुनुभएको छ ।
प्रतिक्रिया