रविन विश्वकर्मा,प्युठान । सरुमारानी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई एवं समिक्षा कार्यक्रम गर्ने भएको छ । बैशाख २३ गते वडा नम्बर ४ स्थित बहुउदेशिय सभाहल बड्डाडामा कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत बजेट, नीति, योजना तथा कार्यक्रम, समग्र सेवा प्रवाह तथा हाल सम्म गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा आम नागरिकलाई जानकारी गराउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिनुभयो ।
विहान ११ बजेबाट सुरु हुने कार्यक्रममा जनप्रतिनिधि, सम्पूर्ण राजनैतिक दल, उपभोक्ता समितिका पदाधिकारीहरु, आम संचार माध्यमका प्रतिनिधिहरु, नागरिक समाज एवं स्थानीय बुद्धिजिवी सहित सरोकारवाला सबैलाई उपस्थित भई गाउँपालिकाको विकास निर्माण, सेवा प्रवाह, कार्य सम्पादन लगायतका बिभिन्न सवालमा जनताका चासो, गुनासो राख्न गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया