logo

  • ८ आश्विन २०८३, बिहीबार | Thu, 24 Sep 2026

  •      Listen Radio Live

    प्यूठानका नौवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व सर्वसम्मत चयन

    प्यूठानका नौवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व सर्वसम्मत चयन

    प्यूठान । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानका नौवटै स्थानीय तहमा पालिका सभापतिसहित कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन्। २०८३ असोज ७ गते सम्पन्न पालिका अधिवेशनबाट जिल्लाका सबै नौ पालिकामा नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस प्यूठानका सचिव एनपी मगरले माण्डवी अनलाइनलाई जानकारी दिनुभयो।

    सर्वसम्मत निर्वाचित सभापतिहरूमा स्वर्गद्वारी नगरपालिकामा यादव श्रेष्ठ, प्यूठान नगरपालिकामा दिपेन्द्र केसी, गौमुखी गाउँपालिकामा मधुराम केसी, ऐरावती गाउँपालिकामा चन्द्र रोका मगर, मल्लरानी गाउँपालिकामा रमेश श्रेष्ठ, नौबहिनी गाउँपालिकामा कृष्ण केसी, सरुमारानी गाउँपालिकामा दधिराम भण्डारी, झिमरुक गाउँपालिकामा भीम जीसी र माण्डवी गाउँपालिकामा ऋषिराम अधिकारी रहनुभएको छ।

    सभापतिहरूसँगै सम्बन्धित पालिकाका सम्पूर्ण कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन भएको सचिव मगरले बताउनुभयो। उहाँका अनुसार सहमति र सहकार्यका आधारमा नेतृत्व चयन भएसँगै प्यूठानमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको स्थानीय तहको सांगठनिक प्रक्रिया थप व्यवस्थित रूपमा अघि बढेको छ।

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन असोज ३ गतेदेखि सुरु भएको थियो। प्यूठान पनि वडा अधिवेशन सम्पन्न भएका जिल्लामध्ये परेको छ।

    केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको संशोधित कार्यतालिकाअनुसार नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ। यसअघि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनतर्फ प्रक्रिया अघि बढाइएको छ।

    पालिका अधिवेशनबाट प्रत्येक पालिकामा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिवसहित पदाधिकारी तथा विभिन्न समावेशी क्लस्टरबाट कार्यसमिति सदस्य चयन हुने व्यवस्था रहेको कांग्रेसको निर्वाचन प्रक्रियासम्बन्धी विवरणमा उल्लेख छ।

    प्यूठानका नौ पालिकाका निर्वाचित सभापति

    १. यादव श्रेष्ठ — स्वर्गद्वारी नगरपालिका
    २. दिपेन्द्र केसी — प्यूठान नगरपालिका
    ३. मधुराम केसी — गौमुखी गाउँपालिका
    ४. चन्द्र रोका मगर — ऐरावती गाउँपालिका
    ५. रमेश श्रेष्ठ — मल्लरानी गाउँपालिका
    ६. कृष्ण केसी — नौबहिनी गाउँपालिका
    ७. दधिराम भण्डारी — सरुमारानी गाउँपालिका
    ८. भीम जीसी — झिमरुक गाउँपालिका
    ९. ऋषिराम अधिकारी — माण्डवी गाउँपालिका



    mandavionline mandavionline    
  • ८ आश्विन २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP