logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    बाग्दुला मच्छी सडकको निरिक्षण गर्न मन्त्री राणा प्राविधिक टोलि सहित पैदल यात्रामा

    बाग्दुला मच्छी सडकको निरिक्षण गर्न मन्त्री राणा प्राविधिक टोलि सहित पैदल यात्रामा

    शम्सेरबिक्रम जि.सी. प्यूठान
    शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) प्राविधिक सहितको टोली लिएर आज बाग्दुला मच्छी सडकखण्डको पैदल यात्रामा निस्किनु भएको छ । लामो समयसम्म सडक स्तरोन्नती नभएपछि दवाव दिन तथा मतदातासंग भेटघाट गर्ने कार्यक्रम अन्र्तगत मन्त्री थापा(राणा) १२ किलोमिटर सडकको पैदल यात्रामा निस्कनु भएको हो । मन्त्री राणा सहित प्राविधिकको टोलिले पनि आज बाग्दुला मच्छी सडकखण्डको निरिक्षण गर्ने छ ।
    भालुवाङ, बाग्दुला, ठुलाबेसी भिगमिठे सडक निर्माण अन्यौलमा परेपछि सडक स्तरोन्नती अलपत्र परेको छ । जिल्लाको भित्री सडकखण्ड मध्येको सबैभन्दा ब्यस्त सडक बाग्दुला मच्छी ठुलाबेसी सडक स्तरोन्नती नहुदा उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्न बाध्य छन् ।
    मन्त्री राणा सहित सडक पुर्वाधार बिकास कार्यालयका प्रमुख इञ्जिनियर, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख तथा प्राविधिक टोलि सहित मन्त्री थापा(राणा) पैदल यात्रामा निस्कनु भएको मन्त्री थापाको सचिवालयले जनाएको छ । १२ किलोमिटर पैदल यात्राका क्रममा थापाले उक्त क्षेत्रको खानेपानीको समस्या, सरसफाइ लगाएत बिषयमा मतदातासंग छलफल गर्ने कार्यक्रम रहेको छ ।



    mandavionline mandavionline    
  • २१ पुष २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP