logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    राष्ट्रिय भुकम्प सुरक्षा दिवस प्युठानमा पनि मनाईयो

    राष्ट्रिय भुकम्प सुरक्षा दिवस प्युठानमा पनि मनाईयो

    प्युठान ।२७ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस प्युठानमा पनि मनाईएको छ । मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्र प्यूठानको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा रेडक्रस प्यूठानका मन्त्री दामोदर शर्माले अरु बिपद भन्दा भुकम्प फरक भएकाले पुर्व सावधानी अनिवार्य भएको बताउनुभयो । “बाढी आयो भने सचेत रहन सूचना गर्न सकिन्छ,“ उहाँले भन्नुभयो,“ भुकम्प आउने थाहा हुदैन त्यसैले पुर्व तयारी आवश्यक छ ।“ त्यसका लागि बलिया भौतिक संरचना निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा सहभागीले भुकम्प आएको केहि समय मानिसले चासो दिने गरेपनि पछि बिस्तारै भुल्दै जाने गरेको बताए । उनीहरूले सचेतनाको कार्यक्रम र भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि राज्य र नगारिकले ध्यान दिनुपर्ने बताए । मल्लरानी ग्रामीण विकास संस्थाका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बसन्तलाल शाक्य, रेडक्रस प्युठानका मन्त्री दामोदर शर्मा र जनजागृति माबिका प्रधानाध्यापक शोभा श्रेष्ठले बोल्नुभएको थियो ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नबिन प्रकाश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ प्यूठानका संस्थापक अध्यक्ष टिएस गुरुङ, ॐ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र सुनार, नेपाल बार एशोसियसन प्रतिनिधि महेन्द्र प्रसाद न्यौपाने, प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रका अध्यक्ष, बासु प्रसाद श्रेष्ठ लगायतको सहभागीता थियो ।केन्द्रको सभाहलमा भएको कार्यक्रमको संचालन केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।



    mandavionline mandavionline    
  • २ माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP