logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    बसकाे ठक्करबाट प्युठानमा डेढ बर्षिया बालिकाकाे मृत्यु

    बसकाे ठक्करबाट प्युठानमा डेढ बर्षिया बालिकाकाे मृत्यु

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा बसकाे ठक्करबाट डेढ बर्षिया बालिकाकाे मृत्यु भएको छ । बाग्दुलाबाट फाेप्ली तर्फ जाँदै गरेकाे ना ४ ख १३०९ नंम्बरकाे बसले बिहिबार (अाज ) बाग्दुला चाेकमा ठक्कर दिदा नौबहिनी गाउँपालिका ७ फाेप्लीकि अस्मित पुन मगरकाे डेढ बर्षिया छाेरी तिर्सना पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    ठक्करबाट गम्भीर घाईते बालिकाकाे जिल्ला अस्पताल विजुवारमा उपचारकाे क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक  निरञ्जन रिजालले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालक प्युठान नगरपालिका ९ बतासेडाँडा निवासी ३० बर्षिया दान बहादुर केएमलाई नियन्त्रण लिइएकाे प्रहरी निरीक्षक रिजालले बताउनुभयो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     



    mandavionline mandavionline    
  • ८ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP