रविन विश्वकर्मा, बाँके नेपालगन्ज । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशकाे नयाँ नेतृत्व चयन भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा सम्पन्न दाेस्राे अधिवेशनबाट टेकेन्द्र बस्याल (बाँके) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हो । बरिस्ठ उपाध्यक्षमा लाेकेन्द्र सुनार( प्युठान) उपाध्यक्ष कृष्ण दर्नाल (पाल्पा) भरत नेपाली (राेल्पा), सचिव अनिल नेपाली( अर्घाखाँची ), सह–सचिव विवेक विश्वकर्मा ( रुपन्देही ), अरुण कुमार नेपाली ( दाङ), कोषाध्यक्षमा विधुतमा रैका (बाँके) निर्वाचित हुनुभएकाे हाे ।
त्यसैगरी सदस्यहरुमा जगतलाल नेपाली ( रुपन्देही) ,सिग्मति रैदास ( नवलपरासी ), राम बहादुर गन्धर्व ( कपिलवस्तु ) राहुल विश्वकर्मा (बर्दिया ), रामसरण रैदास (कपिलवस्तु) अनिता विश्वकर्मा ( बाँके) निर्वाचित भएका छन् । गुल्मि र रुकुम पुर्वबाट १/ १ जना सदस्य आगामी पुर्ण बैठकमा मनोनीत गर्ने गरि १६ सदस्यीय नयाँ कार्य समिति चयन गिरएकाे समिती निर्वाचित गरिएको निर्वाचन समितिका संयोजक भिम घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया