logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    भरतपुरमा भएको सडक दुर्घटनामा प्यूठानका एक युवकको मृत्यू

    भरतपुरमा भएको सडक दुर्घटनामा प्यूठानका एक युवकको मृत्यू

    भरतपुरमा भएको सडक दुर्घटनामा प्यूठानका एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा नं–१, भतेरी जङ्गलमा मोटरसाइकल स्कुटरसँग ठोक्किएर पुनः डिब्बा ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको हो । रामगरबाट जुगेडीतर्फ जाँदै गरेको बा २५ प ४४०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३०३ प ५२५७ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाँदा मोटरसाइकल अनियन्त्रित भइ रामनगरबाट जुगेडीतर्फ जाँदै गरेको ना६ख ४७५१ नम्बरको डिब्बा ट्रकमा ठोक्किएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक प्यूठानको झिमरुक गाउँपालिका ४ बागेमरोटका ३१ वर्षीय सुदीप रानाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका रानाको उपचारको क्रममा नयाँ मेडिकल कलेज सिएमसी भरतपुरमा लगिएकोमा अस्पतालले उनलाइ मृत घोषणा गरेको हो । दुर्घटनामा परेको तिनवटै सवारीसाधनलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटर चालक भरतपुर–११ बस्ने २१ वर्षीय दिपेश मगर र डिब्बा ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको झिमरुक गाउँपालिकाका उपाध्इक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । दुर्घटनाका बिषयमा अहिले जिल्ला प्रहरी कार्यालय भरतपुरमा मृतकका आफन्त र प्रहरी प्रशासनका बिचमा छलफल चलिरहेको छ ।



    mandavionline mandavionline    
  • ८ चैत्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP