logo

  • ६ असार २०८२, शुक्रबार | Fri, 20 Jun 2025

  •      Listen Radio Live

    प्युठानमा वन डडेलो तथा आगलागी नियन्त्रण प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास

    प्युठानमा वन डडेलो तथा आगलागी नियन्त्रण प्रतिकार्य सम्बन्धी संयुक्त अभ्यास

    रविन विश्वकर्मा, प्युठान । प्युठानमा वन डडेलो तथा आगलागी नियन्त्रण प्रतिकार्य” सम्बन्धी संयुक्त अभ्यास गरिएको छ । जिल्ला सुरक्षा समिति प्युठानको आयोजना, प्युठान नगरपालिकाको सहयोग र सहकार्यमा सोमबार प्यूठान नगरपालिका–७ स्थित टिकुरीमा नमुना अभ्यास गरिएको हो ।

    वन डडेलो तथा आगलागी कसरी हुन्छ, घर, गोठ, बन, जङगल, ग्यास तथा रेगुलेटरमा आगो लागी भएमा कसरी नियन्त्रण गर्ने, सुरुवाती अवस्थामा कुन साधन प्रयोग गरी नियन्त्रणमा लिने, आगोमा परी मृत्यु तथा घाईते भएकाहरुको उद्धार, उपचार पद्धति, बिस्थापित परिवारलाई कसरी पुर्नःस्थापित तथा राहत वितरण गर्ने लगाएतका बिषयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीले नमुना अभ्यास गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले आगलागीको जोखिम कम गर्न सचेतना कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभयो । जिल्लामा आगोलागीको घटना धेरै हुने र त्यसलाई नियन्त्रण गर्न सक्ने अवस्था हुदांहुदै पनि नागरिकलाई आगो नियन्त्रणबारे प्रर्याप्त जानकारी नहुदा क्षति ब्यहोर्नु परेको बताउनुभयो । सामान्य गल्ती तथा हेलचेक्रयाईले ठुलो मात्रामा जनधजको क्षति भइरहेको उल्लेख गदै आगोलागी नियन्त्रण, कानुनी सचेतनालाई ब्यापक बनाउनुपर्ने बताउनुभयो । साथै आगो लागिको समय सुरु भएकाले बालबालिकाहरुलाई जथाभावी सलाई लाईट लाइटर जस्ता प्रज्जोलनशिल बस्तुहरु नदिन आग्रह गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी रमा आचार्यले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । आगोलागीको बारेमा सामान्य जानकारी राखि पूर्व तयारीमा गरेमा आगो लागीबाट बच्न सकिने बताउनुभयो । आगोलागी मानव सृजित बिपद भएकाले केहि तरिकाहरु उपनाउन सके यसको नियन्त्रण आफैले गर्न सकिने उहाँको भनाई छ । प्रजिअ आचार्यले जिल्लामा हुन सक्ने संभावित जोखिम, त्यसबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न तत्पर लागि परेको बताउनुभयो । ९ वटै स्थानीय तहमा आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम सम्पन्न गरि ६४ वटै वडामा कार्यदल निमार्ण गरेको समेत बताउनुभयो । यस बष जिल्लामा आगलागीका घटनामा कमी आउने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा बिभिन्न सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधी, पत्रकार, नागरीक समाज, बुद्दिजिवी लगायतको उपस्थिति थियो ।



    mandavionline mandavionline    
  • ४ चैत्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP